काठमाडौं । निर्माण व्यावसायी संघका अध्यक्ष शरद गौचनमाथि गोली प्रहार गर्ने सुटर राजिव स्याङतानलाई प्रहरीले ‘सँगुरको खोरबाट पक्राउ गरेको खुलाशा भएको छ ।
प्रहरी अनुसन्धान केन्द्रीय व्युरो सिआइबीमा कार्यरत डिएसपी अङ्गुर ‘जिसी’को टोली राजिवको घर रहेको नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका ५ पुगेको थियो ।
प्रहरीलाई छ्क्याउनका लागि खाना बाहिर खाने र सुँगुरको खोरमा सुत्ने गरेको थाहा भएपछि प्रहरीले त्यही अनुसार पछ्यायो ।
‘निरन्तरको फलोअप पछि हामीले उसलाई सुँगुरकै खोरबाट पक्राउ गर्यौं,’ एक प्रहरी अधिकृतले भने,‘ हामीले उनलाई सुतिरहेको अवस्थामै फेला पारेका थियौँ ।’
उनै राजिवले नेपाल निर्माण व्यावसायी संघका अध्यक्ष गौचनमाथि गोली प्रहार गरेका थिए । महानगरिय प्रहरी आयुक्तको कार्यालयले मंगलबार उनलाई सार्वजनिक गरेको छ ।
मंगलबार प्रहरीले घटनामा समलग्न ५ जना अभियुक्त सार्वजनिक गरेको छ । प्रहरीले नुवाकोट पञ्चकन्या ५ का राजिब स्याङ्तान, पर्सा जिल्ला कालिका गाउँपालिका १ का शिवजी महतो, बेतिया विहार घर भएका मुकेश कुमार पाण्डे, पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ, नागार्जुन नगरपालिका ४ काठमाडौंका प्रकाश बुढाथोकीलाई पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धानमा खुले अनुसार उक्त् घटनामा भारतमा रहेका मनोज पुन र समिरमान बस्नेतको समुहले फिरौती मागेको खुलेको छ । रकम नदिएपछि गौचनको हत्या भएको खुलेको छ । Diyo post