रविले ज्यान नै दाउमा लगाएर बनाएको रिपोर्टले राष्ट्रघातीहरुको धन्दा नै बन्द

भनेर केहि नगर्नेहरुको भिडमा गरेरै देखाउने ब्यक्तिको नाम हो रबि लामिछाने । भ्रष्टाचार ,तस्करी , अपराधीहरुले घेरिएको नेपालको शासन प्रणालीमा यदि दृढ इच्छाशक्ति र राष्ट्रप्रतिको कर्तब्य बोध हुन्छ भने यसलाई सुधार्न सकिन्छ तर त्यसको लागि भाषण मात्रै गरेर होइन काम नै गर्नु पर्छ भन्ने मान्यता स्थापित गरेर देशप्रति सबै नेपालीमा आशाको किरण छर्न रविको सिधाकुरा सर्वाधिक सफल भएको छ ।

चुनाब भन्दा अघिसम्म देश बिगार्ने नेताहरुलाई गालीगलौज गरेर आफ्नो मनको भडास निकाल्ने अनि चुनाबमा उही नेताहरुलाई जिताउने हाम्रो प्रवृतिलाई सामाजिक संजाल फेसबुकमा पुरुषोत्तम भण्डारीले गरेको यो व्यंग्यात्मक बाणले हरेक नेपालीलाई ठहरै मार्छ ”बिडम्बना अमेरिका पुगेको रबि त्यहाँको बिलासी जीवन छोडेर आफ्नो देश नेपाल फर्किएर एउटा टि भि कार्यक्रम चलाएर देशवासीलाई चेतना फैल्याउदैछ , प्राकृतिक श्रोतको दोहन कसरी भैरहेको छ भनेर भिडियो खिचेर देखाएर भ्रष्टाचारका बिरुद्ध आवाज उठाउन प्रेरित गरिरहेको छ तर अर्कोतर्फ उ जस्तै जोश- जागर भएका हामी युवा चाहि तिनै सडेका – गलेका – कुहिएका नाईके लाई नेता मानेर जि- हुजुरी गर्दैछौं , किन ? त्यही दुई- छाक खान ? छि : खै ! हाम्रो विवेक ? अब फेरि पनि तिनै ब्वासा लाई भोट हाल्ने ?”

यसरी रविको समर्थनमा उर्लदो समर्थकहरुको भिडले देश र समाजलाई परिवर्तन गर्न सक्ने एक नेतृत्वको रुपमा रविलाई स्थापित गर्दै लागेको छ । रबि लामिछाने अब प्रधानमन्त्री नै बनेर देशलाई नेतृत्व गर्नु पर्छ भन्ने खालका केहि यस्ता फोटो ट्रोलहरु पनि भाइरल हुदैछन । यसरी राजनीतिको कालो सुनामी बीच सफल र उज्वल भविष्यको बाटो देखाउन सफल भएको सिधाकुरामा हरेक पल्ट रविले जनतालाई घच्घच्याउने र राष्ट्रघातीहरुको बिरुद्ध कठोर भएर उभिदै देशलाई बिकाश र प्रगतिमा लैजान आवाहन गरेका छन् ।

खराब प्रवृतिको बिरुद्ध बोल्दा रविले पत्रकारिता क्षेत्रमा रहेका केहि राष्ट्रघाती पत्रकारबारे यसो भन्छन ”माफिया दलालसँग मिलेर तिनैको पैसाले घर खर्च र सॉझको बार खर्च चलाउनेहरुले पत्रकारिता गर्नु भन्दा म:म पसल खोलेको राम्रो। खराब मानिसहरुसँग डराउने होईन तिनका बिरुद्द कराउने हो।”

हेर्नुस बेजोड भाग आजको १४५ औ भाग

१४४ औ भागमा रविको टिमले ज्यान नै बाजी लगाएर लेटांगको क्रशर तस्करीहरुलाई अख्तियारले नै हेर्ने गरेर त्यस्ता राष्ट्रघातीहरुलाई कुनामा पुर्याएका छन् र उक्त खोलाको क्रसर उद्योगहरु बन्द नै गराउन सफल भएका छन्

झापामा प्रहरी र यौनकर्मीको यस्तो सेटिङ । १० लाख नगद सहित श्रमका कर्मचारी रंगेहात पक्राउ
१४५ औ भाग

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार