उपेन्द्र यादवले पोल खोले, चुनावपछि मधेस सरकार घोषणा गरिने सनसनीपूर्ण खुलासा

राजविराज | संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धन भारी बहुमतले जित्ने दाबी गर्नुभएको छ ।

स्थानीय चुनावको उत्साहजनक नतिजालाई आधार मान्दै आगामी चुनावमा फोरम नेपाल र राजपाको प्यानल भारी बहुमतले जित्ने यादवले दाबी गरे ।

सप्तरीको महदेवा–१ पकरीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले फोरम नेपाल र राजपाको मधेश गठबन्धन विजयी भएलगतै प्रदेश नं २ मा मधेश सरकार घोषणा गर्ने बताउनुभयो ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पराजित नगरेसम्म मधेश प्रदेश बनाउने सपना पूरा नहुने भन्दै अध्यक्ष यादवले आन्दोलनमा गोली बर्साएर दमन गर्ने दलहरुलाई भोट नदिएर सबक सिकाउन मधेसी जनतालाई आह्वान गर्नुभयो ।

यादवले चुनावपछि बन्ने प्रदेशसभाबाट मधेस प्रदेश घोषणा गर्ने भनेका हुन्े या कुन प्रक्रियाबाट मधेस सरकार बनाउने भन्ने स्पष्ट खुलाएनन् ।

प्रदेशसभामा बुहमत ल्याउने दलले प्रदेशसभाबाट प्रादेशिक सरकार बनाउन पाउँछ भने प्रदेशको नाम पनि प्रदेशसभाले नै राख्न पाउने संवैधानिक व्यवस्था छ ।

फोरम नेपालका अध्यक्ष यादवले मधेस विरोधी शक्तिलाई भोट नहाल्न मतदातालाई आह्वान गरेका छन् । कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै यादवले मधेस आन्दोलनका क्रममा निहत्था जनतामाथि गोलीहान्न लगाउने तीनै दल भएको बताए । उनले भने- ‘कांग्रेस, माओवादी र एमाले मधेस विरोधी हुन् ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार