कांग्रेसको सभामा अर्बपति चौधरीले भने समृद्धिका लागि कांग्रेस,कांग्रेसले बहुमत ल्याउने दावी

नवलपरासी । नेपाली कांग्रेसको अर्थ समितिका संयोजक तथा उद्योगपति विनोध चौधरीले आशन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी गर्नुभएको छ । देशको स्थिरता र समृद्धिका लागि स्थायी सरकार आबस्यक रहेको र त्यो कांग्रेसले मात्र ल्याउन सक्ने चौधरीको दावी छ ।

चौधरीले आफ्नो इच्छा विकसित र स्वाभिमानी नेपाल भएको भन्दै आर्थिक विकासका लागि स्थायी सरकार आबस्यक हुने बताउनुभयो । कांग्रेस महामन्त्री डा शशांक कोइरालाको चुनावी प्रचारको उद्घाटन कार्यक्रममा चौधरीले चुनावमा बहुमत ल्याउन सक्ने एकमात्र पर्टी कांग्रेस भएको जिकिर गर्नुभयो । उहाँले खुल्ला अर्थतन्त्रको बिकासका लागि कांग्रेसलाई मतदान गर्न उद्योगी व्यावसायीलाई आग्रहपनि गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार