कुवेत लैजान लागिएका दुई युवतीको उद्धार

काठमाडौं । विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजान लागिएका दुई युवतीको उद्दार गरिएको छ ।

केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले युवतीलाई कपिलवस्तुको नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरेको हो । ती युवतीहरु दैलेखका हुन् । युवतीलाई भारत हुँदै कुवेत लैजान लागेको बेला एक विचौलियालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा राजापुर–१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मी रहेका छन् । उनी विरुद्ध मानव बेचबिखन तथा ओसारपोसारको मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताए ।

पछिल्लो समय नेपाली महिलाहरुलाई रोजगार दिलाउने नाममा दलालीले दिल्ली हुँदै अबैधानिक रुपमा इराक, कुवेत, ओमन लगायतका देशमा लैजाने क्रम बढ्दो छ ।
नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार ०७३–७४ मा २ सय ४ वटा मानव वेचविखान विरुद्ध घटना घटेका थिए । जुन अघिल्लो आर्थिक वर्ष २०७२–७३ को भन्दा १२ वटाले बढि हो । ७२–७३ मा १ सय ९२ वटा घट्ना घटेका थिए । यस्तै ७१–७२ मा १ सय ८१ वटा मानव बेचविखानका घटनाहरु घटेको थिए ।
-महिला खबर-

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार