बालबालिकाका लागि दिइने जीवनरक्षक औषधिकोनै देशभर अभाव

रिया भण्डारी
काठमाडौं । औषधि व्यवसाय व्यवसाय मात्र नभएर सेवा पनि हो तर कमिसन मात्र देख्ने औषधि आयातकर्ताहरुले धेरै नाफा नहुने औषधि जीवनरक्षक नै किन नहोस् ल्याउदैनन् । त्यसो त औषधि व्यवस्था बिभागले पनि यस्ता जीवनरक्षक औषधि आयातलाई सहज बाटो दिएको छैन । छारे रोग जस्तै काम्ने बिरामी र भर्खरै जन्मिएका काम्ने शिशुहरूलाइ जीवन रक्षकको रुपमा प्रयोग हुने औषधि फेनीटोइन् इन्जेक्सन र फिनोबारबिटोन नेपालभर आभाव हुँदा उपचारमा समस्या परेको चिकित्सकहरुले बताएका छन् ।


छारे रोग भएर काम्ने र भरखर जन्मेका काम्ने १० देखि १५प्रतिशत शिशुलाई फेनीटोइन् इन्जेक्सन र फिनोबारबिटोन औषधि जीवन रक्षकको रुपमा प्रयोग हुुने गर्दछ । भारतबाट आयात हुदै आएको यो इन्जेक्सन जीवन रक्षक औषधि भए पनि कम मुल्य पर्ने र धेरै नाफा नहुने कारण आयात गर्ने ब्यापारीहरु पनि दर्ता गरेर यो औषधि आयात गर्न चासो दिंदैनन् त्यसो त औषधि ब्यबस्था बिभागले पनि यो जीवन रक्षक औषधि हो भनेर दर्ता प्रक्रियामा सहज गर्दैन ।

कान्ति अस्पतालमा मात्र दैनिक १२ देखि १५ जना बिरामी फेनाटोइन इन्जेक्सन र फेनोबारबीटोन खोज्दै आउने गरेको र लामो समय देखि अभाब रहेको अस्पतालका फार्मेसी इन्चार्ज सुजन नेपाल बताउनुहुन्छ । त्यसैगरी प्रसुति गृहमा दैनिक १५ देखि २० जना नवजात शिशुलाइ यो औषधिको आवश्यक छ । यस्तो जीवन रक्षक औषधि विगत ३ वर्ष देखि अभाव हुँदा बालबालिकाको उपचार गर्न कठिन भएको मणिपाल शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा.दीपकप्रसाद कोइराला बताउनु हुन्छ ।

त्यसैगरी मणिपाल शिक्षण अस्पतालका फार्मेसी इञ्चार्ज रमेश बोहराका अनुसार यी औषधि मात्र नभई ३ बर्ष अगाडिसम्म सहज उपलब्ध हुने हटट्र्याक हुनुसाथ बिरामीलाइ इन्जेक्क्सन मार्फत दिइने टेनिटिप्लेसन नामक जीवन रक्षक औषधिको पनि अभाब छ । यस्ता औषधि अभावले विमारीको ज्यान सम्म जान सक्ने संभावना रहन्छ । तर औषधि ब्यबस्था विभागले यस्ता जीवनरक्षक औषधिको अभाबलाइ बेवास्ता गरेको आरोप सर्वसाधारणको छ ।

बिगतमा आयात गर्दै आएका ब्यापारीहरुले कम्पनी रजिष्टार सम्बन्धि विभिन्न कारणले आयात गर्न नसकेको जिकिर गर्दै आएका छन् । तर यसको प्रत्यक्ष प्रभाव विमारीलाई परेको छ । यस्ता जीवनरक्षक औषधिको अभाबलाइ औषधि व्यवस्था बिभागले गम्भीरतापूर्वक लिंदै सम्बन्धित औषधि आयातकर्ता कम्पानीसग आवश्यक कागजात पुरा गराइ यि औषधि उपलब्ध गराउन अत्यन्त आवश्यक छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार