खेतमा पुगेर मतदाता भेट्दै चितवन २ (ख)का उम्मेद्वार अविनाश

उम्मेद्वारलाई जस्तै यतिबेला किसानलाई पनि चटारो छ । पाकेको धान भित्राउन र नयाँ खेती गर्न किसानहरु खेतखलोमा ब्यस्त छन् । गाउँमा मत माग्न पुगेका चितवन २ (ख) का प्रदेशसभाका उम्मेदवार घनश्याम दाहाल “अविनाश” मतदातालाई भेट्न खेतमै पुगेका छन् ।

उनले कालिका नगरपालिका वडा नम्वर ३ का किसानको खेतबारीमै पुगेर खेत जोत्दै भोट दिन आग्रह गरेका छन् । ‘विहान बेलुका घरमा भेटहुन्छ दिउसो त खेतबारीमै पुग्नुपर्छ उनले भने,म पनि किसानको छोरा हुँ त्यसैले खेत जोते ।’ उनले ‘मतदाताको राम्रो माया पाएको भन्दै जित्नेमा ढुक्क भएको वताए ।’ अविनाशले आज कालिका नगरपालिकाको २ र ३ नम्मर वडाका विभिन्न क्षेत्रमा घरदैलो सम्पन्न गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार