नवराज सिलवालले कांग्रेसमाथि लगाए गम्भीर आरोप

काठमाठौं। ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि बामगठबन्धनबाट उम्मेदवारी दिएका पूर्व डिआईजी नवराज सिलवालले नेपाली कांग्रेसमाथि गम्भीर आरोप लगाएका छन् । उनले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यता छाड्दै आचारसंहिता उल्लंघन गरिरहेको आरोप लगाए ।

सिलवालले स्थायी सरकारका लागि वामगठबन्धनका उम्मेदवारलाई मत दिन आव्हान गरे । शनिबार गोदाबरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सिलवालले संविधानको कार्यान्वयन गर्दै सम्वृद्ध नेपाल निर्माणका लागि वामगठबन्धनलाई दुई तिहाई मत दिएर स्थायी सरकार गठनमा सहयोग गर्न अपिल गरेका हुन् । नेपालको स्वभिमान र सार्वभौम सत्तालाई कायम गरी मुलुकमा स्थायी सरकार बनाई सम्वृद्ध मुलुक निर्माणका लागि पुर्व मेची देखि महाकालि सम्म बामगठबन्धनको लहर छाएको भन्दै उनले वामगठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् ।

गोदाबरीको टौखेलस्थित किटीनी माध्यमिक विद्यालयमा चुनावी सभा गरेका सिलवालले प्रतिष्पर्धी दलले बिजुलीका पोल तथा सार्वजनिक स्थानमा झण्डा राखेर आचार संहिता उंलघन गरेको आरोप समेत लगाए । विगत २५ बर्ष देखि वामगठबन्धनको किल्ला मानिएको ललितपुरका तीन वटै क्षेत्र मा संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । २५ बर्ष देखिको एकलौटी वामकिल्ला तोडेका नेपाली कांग्रेसका तात्कालीन संविधानसभा सदस्य उदयसमशेर राणा अहिले पनि क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार