देश बिगार्ने उमेरद्वारहरुलाई साष्टंगदण्डवत गर्ने मतदाताहरुले देशको भविष्यमाथि खेलवाड गरे

हरेक भाग बिशेष भाग हुदै आजसम्म १४२ औ भाग सफलतापुर्वक प्रसारण भएको नेपाली टेलिभिजन इतिहासकै सर्वाधिक सफल र प्रभावशाली टिभी कार्यक्रम सिधाकुरा जनतासंगले अबको केहि हप्ता पछि एक बर्ष पुरा गर्दै छ ।

आजको कार्यक्रममा तिन करोड नेपाली जनताको मन र मुटुलाई छेडेर मस्तिष्क नै बिष्फोट गराई दिन्छ रविको यो महाबाणीले । ओलीबाणी , देउवाबाणी , प्रचण्डबाणी माथि बिश्वास गर्नु भन्दा पहिले हरेक नेपाली जनताले एक पल्ट आजको रबि महाबाणी सुनु अति जरुरि छ ।

भोट माग्न आउदा पनि चुनाबै जीते जसरी ठाँटिएर आएका उमेरद्वारहरुलाई देखेर उधेक लाग्छ । जुन दिनसम्म हामी प्रश्न सोध्ने सामर्थ्य आँट राख्दैनौ तबसम्म तपाई हाम्रो भोट ब्यालेट बक्समा खस्नु पुर्व कोठामा बसेर गनिने छ र रिजल्ट पनि कोठामा बसेर अनुमान गरी जस्तै आउने छ । मतदातासंग हिजोको हिसाब माग्ने आँट छैन, सवाल जवाफ गर्ने कंफिडेन्स छैन भन्ने कुरा सारा उमेरद्वारहरुलाई थाहा छ तेसैले गर्दा जसले जीते पनि देशले जित्न सकेको छैन ।

घरघरमा भोट माग्न आउने उमेरद्वारहरुलाई प्रश्न सोध्नुको साटो उल्टो साष्टंग दण्डवत गर्ने मतदाताहरुले आफु संगसंगै यो देशको भविष्य माथि खेलवाड गरिरहे गरिरहे । खोइ प्रश्न सोधेको ?? अघिल्लो चुनाबमा यसो यसो भन्नु भएको थियो त्यो पुरा गर्नु भएन ? अब भनेको कुरा कसरी पुरा हुन्छ ?खोइ सोधेको ??

बरु सामाजिक संजालमा यस्तो प्रश्नहरु धेरैले गरेको देखेको छु केहि शब्दहरु सापटी पनि लिन चाहन्छु ‘देशका ठुला ठुला आयोजनाहरु अधुरो भएका छन् ,कहिले पुरा गर्ने ? ‘

भृकुटी कागज कारखाना , जनकपुर चुरोट कारखाना , बाँसबारी जुता , विराटनगर जुट मिल्स , कृषि औजार ,हेटौडा सिमेन्ट , हेटौडा कपडा , गोर्खाली रबर जस्ता कयौ उधोगहरु बन्द किन भए ?? खोइ सोधेको
भोट माग्न आउदा फूलमाला,अबिर र अक्षता रेडी राख्नु भएको छ तर आफ्नु र आफ्ना सन्ततिको भविष्यसंग सम्बन्धित यस्ता प्रश्न जरुरि छ कि फुलमाला , अबिर अक्षता ??

अधकल्चा अधुरा राष्ट्रिय गौरवको आयोजनाहरु कहिले बन्छन् ? घुस नखाई फायल नसार्ने प्रशासन प्रणालीलाई कहिले सुधार्नु हुन्छ गर्नु ? लाखौ युवाहरुलाई आफ्नै देशमा कहिले बोलाउने ? गाउँगाउँमा सिटामोल र जीवन जल छैन तर जनप्रतिनिधि देश र बिदेशमा अर्कै जल ( रक्सि व्हिस्की )मा मस्त हुने दिनेको कहिले अन्त्य हुन्छ ?

एउटा भोटको तागत जनताले बुझेको दिन परिवर्तनको शंखनाद हुन्छ । मैले सोधे भनेर त्यसो भिडियो रेकर्डिङ हामीलाई पठानुस । भोट माग्न दारा देखाउदै आउने उमेरद्वारलाई आँखामा आँखा मिलाएर प्रश्न सोध्ने र उचित जवाफ माग्न नसकेसम्म मुलुक परिवर्तन हुन्छ भन्ने कुरा कल्पना समेत नगरे हुन्छ ।

माथिका प्रश्नहरुको चित बुज्दो जवाफ पाउनु भयो भन्ने त्यस्तो चित बुझ्दो जवाफ दिने कुन कुन पार्टीका कुन कुन नेता परे हामीलाई पनि भनुस , सबैको फोटो पछाडी झुन्ड्याउला र शुरु गर्नु अघि वहाहरुलाई नमन गरेर मात्रै कार्यक्रम शुरु गरौला ।

आजको भागको बिशेषता

राज्यका निकायहरु सुपर बिकाऊ भए, अख़्तियारमा मान्छे थपौ, दिनमा सयौलाई समाउन सकिन्छ।मुलुक राजनितीक खिचातानी र चुनावमा ब्यस्त हुदा धेरै जना ब्रम्हलुटमा मस्त छन्। क्रसर ब्यवसायीको लुटले सिमा नाघ्यो। डर छेरुवा र घुस्याहरु कति धेरै हँ? प्लस देशकै पहिलो राष्ट्रपतिलाई डेरा सर्ने १५ दिने सुचनाबारे वास्तविकता। आजको कार्यक्रम यसै सेरोफेरोमा छ।

मेयर, वडा अध्यक्ष अवैध धन्दामा लागेको आरोप ?
देशलाई नै डुबाउने एक यस्तो धन्दा जसको पर्दाफास गरेका छन् रविले !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार