कांग्रेस पार्टी भ्रष्टचारको अखडा हो – नरेन्द्र मोदी


नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कांग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिएका छन् ।

उत्तर भारतको हिमाञ्चल प्रदेशको कांगडामा भएको राजनीतिक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा दिँदैे आलोचना गरेका हुन् ।

भ्रष्टाचारलाई प्रोत्साहन गर्ने उक्त दललाई छोडी आफ्नो दल भारतीय जनता पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री मोदीले भने, ‘यदि तपार्इंले बाहिरी भागमा सफा गर्नुभयो भने पनि केही दिनपछि धमिरा देखा पर्छन् । कांग्रेस पार्टीको भ्रष्टाचारी सोच पनि धमिराजस्तै पुन देखापर्छ ।’

‘तपाईंले सरकारमात्रै परिवर्तन गरेर हिमाञ्चलमा भ्रष्टाचार नियन्त्रण गर्न चाहनुभएको छ तर जरैदेखि सफाई गर्न जरुरी छ’, भारतीय प्रधानमन्त्रीले भने । हिमाञ्चलमा यही नोभेम्बर ९ मा स्थानीयस्तरको निर्वाचन हुने कार्यक्रम रहेको छ । सोही सन्दर्भमा उनले हिमाञ्चलबासीलाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् ।

हिमाञ्चल राज्य सरकारमा अहिले कँग्रेसको नेतृत्व रहेको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार