कुवेतमा १४ कामदारहरु तीन महिनादेखि बिचल्लीमा- एउटै कोठामा १४ जनाको वास र खान पनि अरुको भरमा

हरि कृष्ण न्यौपाने- कुवेत स्थित कुवेत इनास ग्रुप(KUWAIT ENAS GROUP) कम्पनीमा स्काफ फोल्डिङ(फलामको फर्मा बनाउने)कामका लागि १७ महिना पहिले देखी आएका १४ जना कामदारहरु आए देखीनै बिभिन्न बहानामा बिभिन्न समयमा कम्पनीबाट पीडित बनेका छन।यसै बिच बिगत तीन महिना देखी काम र तलब नपाएका उनिहरु करीब १ महिना देखी खाना खान पनि अरुकै भर पर्नु परेको छ।
कोरियन कम्पनीमा ओभरटाइम सहित राम्रो सुबिधा दिने भन्दै खाडीबाट काम गरेर फर्केका अनुभबी(गल्फ रिटर्न)लाई मात्र पठाउने भनेर सिफ्ट गोर्खा इन्टरनेश्नलबाट आएका १३ जना र युनाइटेड मेनपावरबाट आएका माने सार्की(उदयपुर) करीब १७ महिना अघी कुवेत आए देखीनै कम्पनीबाट बेला-बेलामा समस्यामा पर्दै आएका छन।बेला-बेलामा काम नभएको भन्दै न्युनतम पारिश्रमिक र सेवा-सुबिधा(९० केडी मासिक पारिश्रमिक र खाने,बस्ने सुबिधा)हरु नदिने गरेको कम्पनीले बिगत ३ महिनादेखी १४ जनालाईनै पारिश्रमिक दिएको छैन भने गत अक्टोबर ८ तारिक -२०१७ देखी कम्पनीको मेसमा खाना खान समेत बन्चित गरेको छ।पीडितहरु भन्छन,”कम्पनीले कुवेतको सिभिल आइडी समेत नदिएकोले दुताबास वा कतै जादा समेत प्रहरिको डरमा हिंड्नु परेको छ।हामीहरुले नेपालको हाम्रो एजेन्टहरु एस.के. पुरी, रन बहादुर मल्ल, मदन पुरी लगाएलाई छिट्टै स्वदेश फर्काउन अनुरोध गरे पनि उनिहरुले बिभिन्न बहानामा टार्ने तथा मोबाइलमा ब्लक गर्ने गरेका छन।”

यसै बिच उनिहरु १४ जना सँगै रहेका ५ महिना पहिले मात्र स्काफ फोल्डिङ सुपर्भाइजरमा आएका नबिन पाण्डे(रुपन्देही) र मान बहादुर सिलवाल(लम्जुङ)लाई पनि अहिले प्रोजेक्ट नभएको भन्दै काम दिईएको छैन भने मासिक पारिश्रमिक २०० केडी हुनु पर्नेमा काम नभएको भन्दै ६० केडी मात्र दिईएको छ।उनिहरु भन्छन”हामी पनि छिट्टै घर फर्कन चाहन्छौ।”
पीडित कामदारहरुले नेपाली दुताबास कुवेत गएर आफुहरुलाई क्षतिपुर्ती सहित स्वदेश फर्काउन अनुरोध गरेका छन भने उनिहरुको परिवारको दबाब पछी सिफ्ट गोर्खा इन्टरनेश्नल म्यानपावरले पनि बैदेशिक रोजगार बिभागमा कुटनैतीक प्रयासबाट पीडितहरुलाई सकुशल नेपाल फर्काउन पहल गर्न निबेदन पेश गरेको छ।

नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तीतोपाटी डटकमसंग भने” पीडितहरु दुताबासमा आएर समस्याको बारेमा गुनासो परे पछी हामीहरुले केही दिन अघी कम्पनीको प्रतिनिधिलाई दुताबासमै बोलाएर र २ दिन पहिले कम्पनीमै गएर उनिहरुलाई स्वदेश फर्काउन भनेका छौ।कम्पनी प्रतिनिधिले पनि १५ दिन भित्र कानुनी प्रकृया पुरा गरेर फर्काउने बताएको छ।” मगरले थपे” गभर्मेन्ट भिसा भएकोले कानुनी प्रकृया अली जटिल हुन सक्छ तर एजेन्टले फर्कने टिकट दिने बताइ सकेकोले छिट्टै उनिहरुलाई फर्काउन कम्पनीले सहयोग गर्नेमा आशाबादी छौ।हामी निरन्तर फर्काउने पहलका लागि लागि रहेका छौ।”

यसै बिच कल्याणकारी नेपाली युबा समाज कुवेतले पीडितहरुलाई स्वदेश फर्काउन दुताबास पुर्याउने देखी अन्य कुराहरुमा सहयोग गर्दै तत्कालका लागि खाद्यान्न सहयोग गरेको छ।समाजले पीडितहरु स्वदेश नफर्के सम्म सम्बन्धित निकायहरुलाई अनुरोध गर्दै पीडितहरुलाई सहयोग गरिरहने बताएको छ।यसै गरी जिफन्ट सपोर्ट ग्रुप कुवेतका अध्यक्ष अर्जुन बस्नेतले भने”जिफन्ट सपोर्ट ग्रुप कुबैतलाइ पनि पिढितहरुले उद्दारको लागी निवेदन दिएकोले तत्काल जिफन्ट टिमले पीडितहरुको आबासमै गई समस्या बुझेर केही दिनका लागी खाद्यान्न सहयोग गरेका छौ।साथै कानुनी सहायताका लागि पनि पहल गरिरहेका छौ।यस बिषयमा जिफन्ट केन्द्रमा पत्राचार गरि सकेको तथा आजै ट्रेड यूनियन कुवेतको कार्यालयमा पनि निवेदन दिन जाने छौ। “

 

 

-तीतोपाटी डटकम

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार