शिब भण्डारी, लन्डन– लन्डनमा चढ्दै गरेको चिसोमा सांगीतिक तापक्रम थप्न उत्रियो नेपाल आइडलको विजेता टोली । आइडलको समाप्तीपछि पहिलोपटक भ्रमणमा निस्किएको नेपाल आइडलको टोलीले युकेमा धमाकेदार प्रस्तुति गरेको छ ।
https://www.facebook.com/ganeshspots1st/videos/1839568102723312/
पहिलो नेपाल आइडल बुद्ध लामासँगै अल्डरसटस्थित एम्पायर हलमा उत्रिएका फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राईले निरन्तर ‘वान्स मोर’ पाए भने होस्ट सुशील नेपालले आकर्षक प्रस्तुति दिए ।
संसारा ग्रुप अन्तर्गत मनकामना मनी ट्रान्सफर मुख्य आयोजक र पोखरा ट्राभल तथा मुनटाज इन्टरनेशनलको संयुक्त आयोजनामा भएको कन्सर्टको उदघाटन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी,मनकामना रेमिटका प्रबन्ध निर्देशक राजाराम गिरी र तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङले गरेका थिए ।
नेपाल आइडल विजेताहरुको दोश्रो शो नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, तेश्रो ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, चौंथो ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने तयारी छ ।
आयोजक मध्ये एक मनकामना रेमिटका प्रबन्ध निर्देशक राजाराम गिरीले भने कार्यक्रम हल डेकोरेसन, लाइभ म्यूजिक र स्क्रिन प्रोजेक्सनले दर्शकलाई नेपाल आइडलकै झल्को दिएको दाबी गरे ।
फोटोहरु : मिलन तमु