हिमाली राष्ट्र भुटानका साना राजकुमार भारत भ्रमणमा छन्। जिग्मे नामग्याल वांङचुकले भारतमा सबैको मन जितेका छन्। उनको छलकपट रहित मुस्कान,शाहि अन्दाज देखेर सबै दङ्ग परेका छन्।
राष्ट्रपति रामनाथ कोविंद र विदेश मन्त्री सुष्मा स्वराजले साना राजकुमार सँग भेट गरेको फोटो भाइरल बनेको थियो। अहिले प्रधानमन्त्री नरेन्द्र मोदिसँग भेट गरेको फोटो
बाहिरिए सँगै यो फोटो पनि भाइरल बनिरहेको छ।
मोदिले भुटानका नरेश र राजकुमार सँग भेटको फोटो ट्विटरमा सार्वजानिक गरेका छन्।
भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुक हालैका दिनहरुमा पत्नी (रानी) जेत्सुन पेमा वाङचुक सँगै भारत भ्रमणमा रहेका छन् साथमा साना राजकुमार पनि छन्।
भारत भ्रमणमा राजकुमार आकर्षणको केन्द्रमा छन्। भुटानी शाहि परिवारका सबैभन्दा साना सदस्यले नमस्ते गर्दै मोदिलाई अभिवादन गरे र मोदिले पनि राजकुमारलाई यू-१७ वर्ल्ड कपको अफिसियल फुटबल र चेस उपहार दिए।चेस उपहार पाएपछि राजकुमार खुशी भएका थिए।