काठमाडौँ कमलादीमा गोली चल्यो – भाग्ने क्रममा २ भारतीय नागरीक पक्राऊ

काठमाडौं । बुधबार साँझ काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा गोली चलेको छ । गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए।

उनीहरुबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बरामद गरिएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्।

भारतीय ‘सार्पसुटर’ काठमाडौँमा पक्राउ – गौचनको हत्या झन् रहस्यमय बन्दै

नेपाल  निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ ।

सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो अहिले विभिन्न आफवाह फैलिएको छ , प्रहरीले अफवाहको पछि लाग्ने कुरा भएन,, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।

भारतीय सार्पसुटर पक्राउ

भारतबाट काठमाडौं आएका दुई जना सार्पसुटर पक्राउ परेका छन् ।

शनिबार काठमाडोंका जोरपाटीस्थित नरायणटारबाट पक्राउ परेका दुवै जना भारतीय सार्पसुटर रहेको तथा भारतीय प्रहरकिो खोजीको सुचीमा रहेको नेपाल प्रहरीले जनाएको छ ।उनीहरु यसै  हत्याका लागि नेपाल आएको प्रहरीको आशंका गरेको छ ।

पक्राउ पर्नेमा भारतीय रक्सौलका दिपकुमार श्रीवास्तव र रन्जनकुमार यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार