कार्तिक १४, २०७४-इटालियन सिरी ए अन्तर्गत मंगलबार इन्टर मिलानले हेलास भेरोनालाई २-१ ले पराजित गरेको छ । अपराजित यात्रा कायमै राख्दै इन्टर पुन: अंक तालिकाको दोस्रो स्थानमा आइपुग्यो । उसको जितमा बोर्जा भलेरो र इभान पेरिसिचले १/१ गोल गरे । भेरोनाका लागि जियामपाउलो पज्जिनीले पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए ।
इन्टरको ११ खेलमा २९ अंक छ । शीर्षस्थानको नेपोलीले ३१ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ ।