यसअघि एमालेलाई मोटो रकम बुझाएर सांसद बनेका डलर अर्बपति बिनोद चौधरीले यसपटकको टिकट सस्तो मुल्यमा हात पारेका छन ।
एमालेले अघिल्लो पटकभन्दा यसपटक टिकटको मुल्यमा बृद्धि गरेपछि चौधरीले नेपाली काँग्रेसको सस्तो मुल्यको टिकट खरिद गरेका हुन । एमाले माओवादी संयुक्त गठबन्धनका कारण आंकाक्षी बढि भएसँगै चुनाव खर्च बढेकाले एमालेको समानुपातिक टिकट चौधरीका लागी यसपटक महंगो बनेको चर्चा राजनीतिक वृतमा चलेको छ ।
एमालेले मुल्य बढाउने बुझेपछि नेपाली काँग्रेसले आफ्नो पार्टीको टिकट डलर अर्बपतिलाई बेच्न केही समयदेखी लविङ गरिरहेको थियो । निर्वाचन आयोग स्रोतका अनुसार नेपाली काँग्रेसले अर्बपति चौधरीको नाम आईतबार संशोधनसहित बुझाएको सुचीमा समेत प्राथामिकताका साथ राखेको बुझिएको छ ।
नेपाली काँग्रेसले उक्त टिकटका लागी कति मुल्य लियो भन्ने पुष्टि हुन नसकेपनि एमालेले यसअघि बेचेको मुल्यभन्दा काँग्रेसको मुल्य निक्कै सस्तो परेको नेपाली काँग्रेसकै एक नेताले जानकारी दिए । उनले भने माओवादीदेखी टाढै बस्न रुचाउने चौधरी बाम गठबन्धन बनेपछि उक्त गठबन्धनमा जान नखोजेको रुपमा बुझ्नुपर्छ ।
व्यवापारीले चन्दा दिएर नै पार्टी चल्ने हो यसरि आउने चन्दा लाई किनबेचको रुपमा बुझ्न भएन । पहिलो संविधान सभाको चुनावमा चौधरी एमालेको कोटाबाट संविधानसभामा सभासद बनेका थिए । यसपटकपनि चुनावमा मोटो रकम लिएर व्यपारीलाई टिकट बेच्न दलहरु सक्रिय बनेका छन ।