झापा बालक हत्या काण्ड त्यसै सेलाउन सक्ने छैन : के एउटा मान्छेको ज्यान १० लाख को हो ? भिडियो यसरी बोल्छ !!

झापामा हत्या गरिएको बालकको न्यायका लागि अाज सुनसरी झुम्कामा वृहत् विरोध र्याली गरिदैछ सबैलाई सहभागी हुन अनुरोध !
अायोजक:- RSS-Nepal Sunsari
#जयनारी

एउटा निर्दोष बालकको हत्या गर्ने अपराधीलाई कार्वाही गरियोस् भन्ने मागको अपेक्षा राख्दा, उल्टै सोझा र सच्चा नेपाली मजदुरीको हत्या गरि लासलाई पैसाको मोल लगाउदै अपराध लुकाउन खोजिन्छ भने, हामी नेपालीहरू हाम्रो देशको कानुनी घेरामा कति सम्म सुरक्षित रहेछौं भन्ने यहि घटनाले पुष्टि गरिरहेको छ।।😌😌
मृत्युको अात्मा शान्तिको कामना साथै हार्दिक श्रद्धाञ्जली ।।घाईतेहरूमा शिघ्र स्वास्थ्यलापको कामना।।अपराधीलाई चाडो भन्दा चाडो कार्वाही गरियोस्।।



झापा । झापाको अर्जुनधारा – ११ तीनपैनी निवासी ११ वर्षीय वालकको हत्या भएको छ । गत असोज १४ गते वद्री शिवाकोटीका छोरा लक्ष्मण शिवाकोटीको हत्या भएको हो । टीकाको दिन लक्ष्मण र मनिष थापा बिर्तामोड –५ स्थित सुधीर पोख्रेलको घरमा मनिषको जुत्ता लिन आएको मृतकका काका विष्णुप्रसाद शिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो –‘मनिषको वुवा विदेशमा बस्नुहुन्छ , उहाँले दुवईबाट सुधीर पोख्रेललाई मनिषका लागि जुत्ता पठाउनुभएको रहेछ र सोही जुत्ता लिन आउदा लक्ष्मणको हत्या भएको हो ।’ लक्ष्मण र मनिष नातामा मामा र फुपुका छोरा हुन् , उनीहरु दुवैजना जुत्ता लिन पोख्रेलको घरमा आएका थिए, शिवाकोटीले भन्नुभयो–‘ भतिजो अवेरसम्म घर नर्फकिएपछि हामीले खोजीगर्दा पोख्रेलको घरवाट उनीहरु अघिनै घर फर्किएको भन्ने खवर पायौं , राति अबेरसम्म पनि लक्ष्मण सम्पर्कमा नआएपछि हामीले प्रहरीलाई भनेका हौं ।’

रातभर लक्ष्मणको खोजी गरिएपनि ऊ भेटिएन मृतकका काका विष्णुले भन्नुभयो – भोलिपल्ट विहान बिर्तामोड–१ स्थित वैशावाडीमा खाल्डोमा जमेको पानीमा डुवेको अवस्थामा उसको शव फेला प¥यो, शवको प्रकृति हेर्दा ऊ डुवेर मरेको होइन कसैले हत्या गरेर फ्याकेको प्रष्ट हुन्थ्यो , किनकि उसको टाउको र शरीरका विभिन्न भागमा गहिरा चोट थिए ।’मृतक वालकको पोष्टमाटमका लागि मेची अञ्चल अस्पताल पु¥याइएपनि चिकित्स अभावले त्यहाँ पोष्टमाटम नभएपछि भतिजाको शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको मृतकका काका विष्णुले बताउनुभयो । वाललकको पोष्टमाटमका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले उनको डुवेर मृत्यु नभएको बताएका छन् उहाँले भन्नुभयो –‘हामीले त्यसको समेत आधार मान्दै प्रहरीलाई सत्य तथ्य छानविनका लागि आग्रह ग¥यौ तर प्रहरीले सत्य तथ्य छानविनका लागि आनाकानी गरिरहेको छ ।’

वालकको हत्या भएको सात दिन बित्न लाग्दासमेत घटनाको विषयमा प्रहरीले केही सार्वजनिक नगरेपछि मृतक वालकका आफन्तले पोखरेल परिवारका आठ जनामाथि किटानी जाहेरी दिएका छन् । वालकको डुवेर मृत्यु भएको नभई लक्ष्मणको हत्या भएको भन्दै आफन्तले प्रहरी समक्ष किटानी जाहेरी दिएका हुन् ।मृतक वालकका आफन्तले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि विहीवार इलाका प्रहरी कार्यालय बिर्तामोडमा केहीवेर नारावाजी भएको थियो । सयौं स्थानीयवासीले प्रहरी प्रशासनको विरोध जनाउदै हत्याराको पहिचान गरी कानूनी कारवाही गर्नु पर्ने माग गरेका थिए ।

सुनियोजित ढंगले प्रहरी नायव उपरीक्षक राजकुमार शिलवाल वुधवारदेखि विदामा बसेको र प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले आफूहरुको निवेदन दर्ता गर्न नमानेको भन्दै स्थानीयवासीले इलाका प्रहरी कार्यालय घेराउ गर्दै चर्काे नारावाजी गरेका थिए । मृतक वालकका आफन्त र स्थानीयवासीको चर्काे दवावपछि मात्र प्रहरीले उनीहरुको निवेदन दर्ता गरेको थियो ।
निवेदन दर्ता अघि प्रहरी नायव उपरीक्षक शिलवालले निवेदन दर्ता नगर्न पटक – पटक प्रहरी निरीक्षक विष्टलाई दवाव दिएको बताइन्छ । सोही मोवायलबाट आफूलाई पनि किटानी जाहेरी सहितको निवेदन नदिन भन्दै डिएसपी शिलवालले दवाव दिएको मृतक लक्ष्मणका काका शिवाकोटीले बताउनुभयो ।

किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय पुगेका विष्णुलाई डिएसपी शिलवालले फोन मार्फत किटानी जाहेरी दिएपछि घटनाको पुष्टि भएन भने राज्य कमजोर हुने भन्दै निवेदन दर्ता नगर्न विष्णुलाई दवाव दिएका थिए ।स्थानीयवासीको चर्काे दवावपछि मात्र प्रहरीले पोख्रेल परिवारका दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले आनाकानी गरेको घटनाको विषयमा अनुसन्धान नै नगरेको स्थानीयवासीको आरोप छ । स्थानीयवासीको चर्काे विरोधपछि दवाव खेप्न नसकेर प्रहरी नायव उपरीक्षक शिलवाल तीन दिनका लागि विदामा बसेको बताइन्छ । विदामा रहेपछि उनले मातहतका कर्मचारीलाई कर्मचारीलाई दवाव सृजना गर्दै किटानी जाहेरी लिन नदिएको उनीमाथि आरोप छ । – पुर्बेलीन्युज बाट सभार

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार