पोर्तुगलका जेलहरु कैदीले भरिभराउ, जेलमा आवासको अवस्था नाजुक – कुल कैदीको १६ प्रतिशत आप्रवाशी

 

पोर्तुगल। अक्टोवरको मध्यसम्म आइपुग्दा पोर्तुगलका जेलहरु कैदीहरुले भरिभराउ भएका छन्। पोर्तुगलको जेलमा आवास दर अहिले १०६.४ प्रतिशत रहेको छ।

अक्टोवरको मध्यसम्म आइपुग्दा पोर्तुगलका जेलहरु कैदीहरुको संख्या १३,५०१ रहेको। पोर्तुगलको जेलमा अहिले क्षमता भन्दा ६.४ प्रतिशत बढी कैदी राख्नुपरेको एक तथ्यांकले जनाएको छ। कुल कैदीसंख्या मध्ये १२,६३९ पुरुष कैदी रहेका छन्।

पोर्तुगलको जेलमा आवास दर १०६.४ प्रतिशत रहेकोले जेलहरु भिडभाड हुदा कैदीहरुलाई अहिलेसम्मकै खराब सुविधाहरु रहेको पोर्तुगलको जेल प्राधिकरण GDRSP को तथ्यांकले जनाएको छ।

कुल कैदी संख्याको ८४.३ प्रतिशत जेलमा सजाय भोगिरहेका छन् भने बाकि अनुसन्धानको लागि हिरासतमा रहेका छन्। कुल कैदी संख्याको १६ प्रतिशत कैदी आप्रवासी रहेको DGRSP द्वारा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको छ।

पोर्तुगलमा आप्रवासीको संख्या वृद्धिसंगै अपराधको संख्यामा पनि वृद्धि हुनुले जेलमा कैदीको संख्या पनि वृद्धि हुदा आध्यागमन प्रहरी सेफले चिन्ता ब्यक्त गरेको रिपोर्टमा जनाईएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार