मज्जाले खलुेयाम लटुेर देश खायौ ।
बन्दुक र बारूदले भुटेर देश खायौ ।।
पाठशालाको ढोकामा पासा थाप्दै,
गरिबका छोराछोरी कुटेर देश खायौ ।।
भाग बन्डा मिलेन है लुच्चाहरूको अझै,
अनि आफै आफै फूटेर देश खायौ ।।
बन्दूक विसाएर शहर पसी यसरी,
डन गुन्डाहरूसगं जटुेर देश खायौ ।।
जब पदकै लुछाचूंडी मिलेन तिम्रो,
राजिनामा दिएँ भनि टुटेर देश खायौ ।।
जसरी खाए पनि खाएकै छौ है ?,
जनताका ईच्छाहरू चूटेर देश खायौ ।।
#पूर्ण बन्धन