जकार्ता । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा कम्तिमा पनि ४७ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।
शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सवैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ । सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भन्नुभयो, “आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने ५० भन्दा बढी जना घाइते भएका छन् ।”
मृतकमध्ये प्राय उत्पादन कक्षमा काम गर्ने मजदूर रहेका छन् । उक्त पटका कारखाना पीटी पान्सा वौना कम्पनीद्वारा सञ्चालित रहेको थाहा हुन आएको अग्नी नियन्त्रकले जनाएका छन् । ताङगेराङ शहरका बरिष्ठ प्रहरी आयुक्त हरी कुर्नियावानले प्रारम्भीक अनुसन्धानबाट घटना विद्युत चुहावटका कारण भएका हुनसक्ने बताउनु भयो ।