काठमाडौं । नेकपाका अध्यक्ष बिप्लवले सरकारले आफुहरुलाई दमन गर्न खोजे त्यसको कडा प्रतिकार गर्ने र परिआए रगत बगाउन पछि नपर्ने बताएका छन् ।
अवसरमा आज काठमाडौमा आयोजित अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै विप्लबले सरकारले आफुहरुलाई चुनाव बिरोधी भन्दै दमन गर्ने योजना बनाएको आरोप लगाए । उनले आफुहरु जनताको पक्षधर रहेको नेकपाका नेता–कार्यकर्तालाई चुनावी सुरक्षाको बहानामा छेक्न खाजे रगतको खोला बग्ने उनले बताए । ‘
विप्लबले हालै गठित वाम गठबन्धन समाजवाद जन्माउन नभई पुँजिवाद जन्माउन बनेको आरोप लगाए । देशमा भ्रष्टाचारले जरा गाँजेको र छिट्टै भ्रष्टाचारीहरुको सूची सार्बजानीक गरेर कारबाही गर्ने बताए साथै बेथीतीको बिरुद्ध आफुहरुले उठाएको आवाज र मुलुकको समृद्धिको लडाईंमा आफ्नो पार्टीलाई साथदिन सबैसामु आग्रह गरे ।