घुस लिँदालिँदै अख्तियारद्वारा प्राधिकरण कर्मचारी पक्राउ

काठमाडौं— सेवाग्राहीसँग घुस लिँदालिँदै नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। प्राधिकरण, खजुरा नोलाइट शाखा (बाँके) का प्राविधिक जयराम न्यौपानेलाई घुस रकमसहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग विद्युत मिटर जडान कार्य गरिदिनका लागि घुस रकम माग गरेको भन्ने उजुरी आधारमा अख्तियार कार्यालय कोहलपुरबाट खटिएको टोलीले मंगलबार उनलाई ९ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको अख्तियारको कोहलपुर कार्यालयले उल्लेख गरेको छ।

उनलाई घुस रकम लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै घुस रकम सहित रंगेहात अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार