पोर्चुगलमा रहेका आप्रवासीहरु एकत्रित हुने भएका छन् । पोर्चुगलका आप्रवासीहरुको हक र अधिकारका लागि लामो समयदेखि आवाज उठाउदै आएको सोलिडारिडाडे इमिग्रान्तेले राजधानी लिस्वन बाहिर बस्ने आप्रवासीहरुलाई एकत्रित गराउन लागेको हो ।
आगामी नोभेम्बर १२ मा बेजाको जम्बुजेरामा आप्रवासीहरुको लागि कार्यक्रम गरेर एकत्रित गर्न लागेको हो । पोर्चुगलको कुल जनसंख्याको करिब तीन दशमलव १३ प्रतिशत आप्रवासी रहेका छन् । पोर्चुगलमा भारत, नेपाल, बंगलादेश, पाकिस्तान जस्ता एसियाली मुलुक र ब्राजिल, युक्रेन, अङ्गोलाका अप्रबाशी हरु को उल्लेखनीय उपस्थिति रहेको छ ।
प्राय जसो बाहिरबाट आएका मानिसहरु यहाँको कृषि कामदारको रुपमा काम गर्ने गर्दछन भने कृषि क्षेत्रलाई मुख्य आयश्रोत रुपमा पनि लिने गरिन्छ । तर केहि वर्ष देखि यता कृषि क्षेत्र तथा अन्यमा काम गर्ने आप्रवासीहरुको हक अधिकारलाई पोर्चुगिस सरकारले वास्ता नगरेको भन्दै चरणबद्ध रुपमा सोलिडारिडाडे ईमिग्रान्तेले आवाज उठाई रहेको छ । यही कार्यक्रमलाई निरन्तता दिदै आप्रवासीहरुले यो देशका लागि विभिन्न किसिमबाट गरेको योगदानलाई कदर गर्न दबाब दिनका लागि मुख्यत यो कार्यक्रमको आयोजना गरिएको गैह्र आवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिए ।
उनले आप्रवासीहरुले तिरेको ट्याक्स लगायत अन्य योगदानले यहाँको अर्थतन्त्रलाई ठुलो टेवा पुर्याउदा पनि कागजी प्रक्रियामा ढिला गरिदिने ब्यबस्थाले सम्पूर्ण आप्रवासी मारमा परेको तथा अहिले भर्खरै आएको आप्रवासी कानुनको बारे सबै लाई राम्रोसँग थाहा नभएको कुरालाई पनि मध्यनजर गर्दै नयाँ कानुनका बारेमा सबै लाई जानकारी दिने तथा लिगललाईजेशनको बारेमा सहयोग गर्ने उद्देश्य यो कार्यक्रम आयोजना गरिएको पनि कार्कीले बताए ।
अभियानका अभियन्ताहरुले पोर्चुगिश नागरिक पनि कुनै अर्को मुलुक मा आप्रवासी कै रुप रहेको हुदै गर्दा उनीहरुको त्यहाँको समस्या आप्रवासीको जस्तै हुने हुनाले पोर्चुगिस सरकारले यो समस्या बुझिदिन आग्रह गर्दै यस्ता कार्यक्रम निरन्तर गरिरहने बताएका छन् । पोर्तुगल सरकारले आप्रवासी नीतिमा केहि उदारता ल्याएपछि करिब ९० को दशक देखि आप्रवासीहरुको आगमन उल्लेखनीय रुप भएको पाइन्छ भने सन् २००० देखि छिटफुट नेपाली रहेका यहाँ २०१० देखि हालसम्म बिसौ हजारको संख्यामा रहेको मानिन्छ ।