बाबुरामलाई काँग्रेसले सहयोग गर्ने – गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने

काठमाडौँ । भागबण्डामा कुरा नमिलेपछि वाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । काँग्रेससंग तालमेल गर्ने निर्णय गरेका भट्टराईले तिब्र रस्साकस्सी पछि आफुले चाहेको क्षेत्र गोरखा २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने भएका हुन् ।

 

कांग्रेसको शुक्रबार साँझ बसेको बैठकले भट्टराईलाई क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको छ । भट्टराईले अब बाम गठबन्धनका नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यसअघि वामगठबन्धनमा श्रेष्ठले पनि क्षेत्र नम्बर २ कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि भट्टाई आफ्नो साख जोगाउन गठबन्धन छोड्न बाध्य भएका थिए ।

गोरखा क्षेत्र नम्बर एकमा चिनकाजी श्रेष्ठलाई प्रतिनिधिसभा तर्फ प्रत्यक्ष उम्मेदवार बनाउदै कांग्रेसले २ मा भने भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको हो । निर्वाचनमा नेता भट्टराईले कांग्रेससँगको तालमेलमा आफ्नै दलको आँखा चुनाव चिन्ह प्रयोग गर्ने वा रुख नै लिएर सहभागी हुने भन्ने बारे भने निर्णय भईसकेको छैन ।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार