काठमाडौं । विवेकशील साझा पार्टीले चितवन क्षेत्र नं. ३ मा शरदराज पाठकलाई उम्मेदवार बनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।
प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका पाठक पत्रकार हुन् । राजनीतिलाई अपराधिकरणबाट मुक्त गर्न इमान्दार र सक्षम नेतृत्व राजनीतिमा आउनु पर्ने उनले बताए ।
विवेकशील साझा पार्टीले शनिबार थप ५ उम्मेदवार सार्वजनिक गरेको छ । जस अनुसार चितवन ३ मा पाठक, २ मा भुपेन्द्र बस्नेत, भक्तपुर २ मा शशीविक्रम कार्की, लमजुङमा निर्देश सिलवाल र दोलखामा विजयबाबु शिवकोटी उम्मेदवार छन् ।