स्कटल्याण्डकोमा दशैं र तिहारको शुभकामना आदानप्रदान भब्यताका साथ सम्पन्न (फोटोफिचर) 

स्कटल्याण्ड, एडन्बराको रोक्सि थिएटरमा नेपाली राजदुताबास युकेको आयोजनामा एक ऐतिहासिक कार्यक्रम सभ्य र भब्ययता का साथ सम्पन्न भएको छ।
ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा स्कटल्याण्डका लर्ड प्रोभस्ट प्रमुख अथितिको रूपमा उपस्थिति रहेका थिए ।

सो कार्यक्रमको अवसरमा काठमाण्डौको परम्परागत धिमे ज्याफू बाजा बजाई स्वागत गरिएको थियो साथै काठमाण्डौमा मनाइने इन्द्र जात्राको झलक अति सुन्दर तरिकाले प्रस्तुत गरिएको थियो। राजदूत सुवेदी, श्रीमती सुवेदी, स्कटल्याणडका विशिष्ट पदाधिकारीहरू लगायत नेपाल स्कटल्याण्ड एसोसिएसन, हिमालय सेन्टरका पदाधिकारीहरु तथा स्कटल्याण्ड बासिको राम्रो उपस्थिति रहेको थियो।

राजदूत सुवेदी द्वारा नेपाल र युकेको २०० बर्ष देखिको बलियो सम्बन्ध साथै स्कटल्याण्डमा आज भएको ऐतिहासिक कार्यक्रमले नेपाल र युके साथै स्कटल्याण्ड बिच अझ बडि सम्वन्धमा गाढापन थपिएको र यति मात्र नभएर हाम्रा समाज, सस्कृति, सस्कार र मुलुकहरु बीचको सम्वन्ध विस्तार भएको कुरा ब्यक्त गरेका थिए। यस अवसरमा स्कटल्याण्ड बासि नेपालिहरू लाई सम्पर्ण चाडहरूको शुभकामना पनि व्यक्त गरेका थिए।

साथै यस कार्यक्रमका प्रमुख अतिथि लर्ड प्रोभस्ट द्वारा नेपालसंगको ऐतिहासिक सम्वन्ध गौरवको विषय भएको र नेपाल विविधताको केन्द्रको रुपमा रहेको बताउँदै नेपालको सुन्दरता र विविधताका साथै नेपालीहरुको न्यानो आतिथ्यलाई आफूले कहिल्यै बिर्सन नसक्ने र सम्पुर्ण स्कटल्याण्ड बासि नेपालिहरूलाई यस नेपालिहरूको महान चाडको शुभकामना प्रकट गरेका थिए।

साथै राजदुत सुवेदी द्वारा नेपाल स्कटल्याण्ड एसोसिएसन र हिमालयन सेन्टर समुदाय द्वारा नेपालमा भएको आपतकालिन सहयोग कार्य, नेपाली भाषाको पढाइ काला संस्कृतिको संरक्षण ले आफु अत्यन्तै खुशी भएको र यो कुरा नेपाल सरकार सम्म पुर्याउने जनाकारी गराए।

नेपाली कला संस्कृति झाकी प्रबर्द्धनका लागि सहयोग गर्नहुने नेपाल स्कटल्याण्ड एसोसिएसनका सल्लाहाकार नृत्य गुरू चरन प्रधान र यस कार्यक्रमको सम्योजक नेपाल स्कटल्याण्ड एसोसिएसनका महासचिव बिजयमान डंगोललाई साथै नेपाली भाषाको जगेर्नाको निमित्त यहाँका बालबालिकाहरुलाई नेपाली शिक्षा दिइरहेकोमा नेपाल स्कटल्याण्ड एसोसिएसनका उपाध्यक्ष गोविन्द कन्डेललाई पनि धन्यवाद दिए।

सो सास्कृतिक कार्यक्रममा धिमे, लाखे, कौडा, शेर्पा, चण्दि जस्ता बिबिध मौलिक परम्पारिक नेपाली नाचले सो माहोलले नेपाली माटोको महसुस गराएको थियो साथै यस सास्कृतिक कार्यक्रमका सन्चालिका प्रबिना खनाल द्वारा नाचलाई अति सुन्दर तरिकाले बिश्लेषण गरि सो कार्यक्रमलाई झनै उत्कृष्ट बनाएको थियो।

आगामी दिनहरुमा पनि नेपाली भाषा, कला र संस्कृतलाई बचाई राख्नको निमित्त अन्य विविध संस्कृत कार्यक्रमहरु गर्दै जाने कुरामा स्कटल्याण्डवासी नेपालीहरु सधैं तत्पर रहको र यस कार्यक्रमले नपाल र नेपालिको संस्कृति र भाषा, कलालाई उदाउदै गरेको भाबि सन्ततिहरू बिच प्रस्तुत गरि बिदेशि भुमिमा जिवित राख्न पाउदा स्कट्लैन्डबासी नेपाली हरु अति गौरवान्वित भएको ठान्दछन्।

(नेपाल स्कटल्याण्ड रेडियोको सहयोगमा)

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार