माओबादीले सरकार नछोड्ने भनेपछि प्रधानमन्त्री देउवाले माओबादीका ९ मन्त्रीलाई विना विभागीय बनाइदिए

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका ९ मन्त्रीलाई विना विभागीय बनाइदिएका छन्। देउवाले उनीहरुले सम्हाल्दै आएको मन्त्रालयबाट जिम्मेवारी मुक्त गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकरी दिए।

माओवादी केन्द्रका मन्त्रीहरु आजै सरकारबाट हट्ने बताइएपनि माओवादीले चुनाव सार्ने प्रपञ्च रचिएको भन्दै मन्त्री नछाड्ने निर्णय लिएको थियो।

सरकारमा माओवादी मन्त्रीहरुले महत्वपूर्ण जिम्मेवारी सम्महाल्दै आएका थिए। माओवादीले उपप्रधान सहित परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेको थियो।

देउवाले तीन दिन अघि उपप्रधानमन्त्रीको रुपमा भित्र्याएका राप्रपा अध्यक्ष कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन्। माओवादीका जनार्दन शर्माले सम्हाल्दै आएको गृहमन्त्रालय देउवा आफैले राखेका छन्। खाली भएका अरु मन्त्रालयहरुको जिम्मेवारी बाँडफाँड र राप्रपाबाट मन्त्री नियुक्त भएकाहरुलाई जिम्मेवारी दिने तयारी पनि उनले गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार