काठमाडौँ । निर्धारित समय भन्दा करिब पाँच घन्टा ढिलो गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यक्रम सुरु भएको छ । दिउँसो १ बजेबाट सुरु गरिने भनिएको निर्वाचन कार्यक्रम साँझ सवा ५ बजेमात्रै सुरु भएको हो ।
निर्वाचन कार्यक्रम ढिलो हुँदा सहभागीहरुले सम्मेलनस्थलमा चर्को नाराबाजी गरेका थिए । विद्युयतीय भोटिङ मेशिनमा मतदान गर्ने व्यवस्थासहित निर्वाचन कार्यक्रम सुरु भएको हो ।
यी हुन् दाबेदारहरु :
जम्मा १८५४ जना मतदाता रहेको एनआरएनएको सम्मेलनमा आगामी दुई वर्षे कार्यकालका लागि दुईजना अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । वर्तमान उपाध्यक्ष भवन भट्ट र वर्तमान अध्यक्ष पत्नी शेष घले पत्नी जमुना गुरुङ अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।
त्यसैगरी उपाध्यक्ष्मा चिरञ्जीवी थापा, खगेन्द्र क्षेत्री, कुल आचार्य , कुमारप्रसाद पन्त रविना थापा र सोनाम लामा प्रतिस्पर्धामा छन् ।
महिला उपाध्यक्षमा रञ्जु थापा र सकिला राजभण्डारी मैदानमा उत्रेका छन् । शक्तिशाली मानिने महासचिव पदमा अर्जुनकुमार श्रेष्ठ, डा बद्री केसी र यामबहादुर गुरूङबीच प्रतिस्पर्धा हुँदैछ ।
त्यसैगरी सचिवमा डम्बरबहादुर क्षेत्री, डा. देवीबहादुर बस्नेत, गणेश केसी, जानकी गुरूङ ऋषिराम कँडेल र सन्तोषकुमार भट्टरार्इबीच प्रतिस्पर्धा हुँदैछ ।
कोषाध्यक्षमा हिक्मतबहादुर थापा, मुक्षेत्र गुरूङबीच प्रतिस्पर्धा हुँदैछ भने सहकोषाध्यक्ष चन्द्रबहादुर थापा र सोमनाथ सापकोटा प्रतिस्पर्धी छन्।