काठमाडौं । कुनै समय गुण्डागर्दीमा निकै चर्चित बनेका ‘कुख्यात डन’ गणेश लामा अब कांग्रेस नेता बनेका छन् । लामा विजयकुमार गच्छदारसँगै कांग्रेसमा समाहित भएका हुन् । केही अघि दीपक मनाङेलाई एमालेले पार्टी प्रवेश गराएको थियो।
सोमबार बालुवाटारमा भएको एकता सभामा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा बसेको आसनभन्दा ठिक पछाडि थिए गणेश लामा । उनि गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य हुन्। दोस्रो संविधानसभा चुनावमा उनी फोरम लोकतान्त्रिकका लागि काभ्रेबाट उम्मेदवारी दिएका थिए।
विभिन्न विवादमा तानिएका लामा गच्छदार यसअघि गृहमन्त्री रहेका बेला उनको पार्टी निकट पुगेका थिए । त्यही समयदेखि उनी फोरम लोकतान्त्रिक निकट रहेर राजनीतिक गरिरहेका छन् ।
लामा फोरम लोकतान्त्रिकबाट काभ्रे—२ बाट दोस्रो संविधानसभामा सभासदको उम्मेदवार बनेका थिए । उनलाई यसअघि सम्पत्ति शुद्धीकरण विभागले अकूत सम्पत्ति कमाएको भन्दैं विशेष अदालतमा मुद्धा दायर गरेको थिए । जसमा उनी करोडौ रुपैयाँ बुझाएर धरौटीमा रिहा भएका थिए ।