काठमाडौंः गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि सोमबार अपरान्ह निर्वाचन हुने भएको छ । काठमाडौंमा जारी संघको आठौं विश्व सम्मेलन तथा महाधिवेशनका लागि बिहानैदेखि निर्वाचन कार्यतालिका तय गरिएको छ ।
शनिबारदेखि सुरु भएको विश्व सम्मेलन तथा महाधिवेशन आज बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । एनआरएनको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष भवन भट्टले आइतबार नै आफ्नो उम्मेदवारी दर्ता गराएका छन् भने अन्य दाबेदारहरु जमुना गुरुङ र टीबी कार्कीले सोमबार बिहान गर्दा गराएता पनि अन्तिम समयमा कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् ।कार्कीको पक्षमा गल्फ क्षेत्रबाट २५० जना प्रतिनिधिहरु रहेकोले सोही संख्यालाई आधार बनाई कार्कीले आफ्ना प्रतिस्पर्धी भट्ट र गुरुङसंग मोलमोलाई गरेको खबर बिशेस श्रोतबाट प्राप्त भएको छ। बिशेष श्रोत भन्छ, गल्फका प्रतिनिधिको संख्या ४० लाखमा लिलाम बिक्रि भएको छ, गुरुङले निर्वाचनका लागि पैसा खर्च गर्न अस्विकार गरेपछि भट्टले कार्कीसँग सम्झौता गरेर आफ्नो पक्षमा लिएका छन्।
कार्कीको उम्मेदवारी फिर्तासंगै गल्फ क्षेत्रबाट आएका एक प्रतिनिधिले भने ” पदमा च्याखे थप्ने उम्मेदवारहरुले गर्दा हामीजस्ता प्रतिनिधिहरुलाई गाह्रो भएको छ। पहिले खुलेर प्रचार गरियो, अन्तिम समयमा आएर हामीलाई धोका भयो, अरु त पैसामा बिक्रि भए, हामी जस्ता इमान भएकाहरुले अब कसलाई सपोर्ट गर्ने ।”
कार्कीको उम्मेदवारी फिर्तासंगै गल्फ क्षेत्रबाट आएका एक प्रतिनिधिले भने ” पदमा च्याखे थप्ने उम्मेदवारहरुले गर्दा हामीजस्ता प्रतिनिधिहरुलाई गाह्रो भएको छ। पहिले खुलेर प्रचार गरियो, अन्तिम समयमा आएर हामीलाई धोका भयो, अरु त पैसामा बिक्रि भए, हामी जस्ता इमान भएकाहरुले अब कसलाई सपोर्ट गर्ने ।”
एनआरएनमा अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ । यसैगरी युरोप, अमेरिका, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक एक जना गरी छ क्षेत्रीय संयोजक र छ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक÷एक जना तथा युवा संयोजक र उपसंयोजक एकएक जना रहने व्यवस्था गरिएको छ । ती सबै पदमा उम्मेदवारी दिई निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।
विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम आइपुग्ने आयोजकले बताएका छन् । सम्मेलनमा ७७ देशबाट सहभागी एक हजार ८ ४० गैरआवासीय नेपालीले आफ्नो नाम दर्ता गरेका छन् । यो संख्या अघिल्ला बर्षहरुको भन्दा निकै धेरै हो ।
एनआरएनएको विधानअनुसार एक हजारसम्म सदस्य भएका देशबाट एक सय प्रतिनिधिले मताधिकार पाउँछन् भने हजारभन्दा बढी भएको अवस्थामा प्रत्येक हजारपछि सदस्य र प्रतिनिधिको अनुपात कम हुँदै जान्छ। गैरआवासीय नेपालीहरुकै कारण राजधानीका ठूला साना तारे होटल र रेष्टुरेन्टहरु भरिभराउ भएका छन् । होटलहरुमा गैरआवासीय नेपालीहरुको बसाई १० प्रतिशतसम्म रहेको होटल सञ्चालक एवं व्यवस्थापकहरुले जानकारी दिएका छन् ।
संघको विश्व सम्मेलनअन्तर्गत आइतबार दिनभरि चलेको बन्दसत्रले अध्यक्ष शेष घलेद्धारा प्रस्तुत एनआरएनएका मार्गदर्शन प्रस्ताव ‘भिजन २०२० एण्ड वियोण्ड’ पारित गरेको छ । प्रस्तावमा नीति निर्माण संस्था र परोपकारी कामका लागि सहयोग कोष स्थापना गर्ने अध्यक्षको अधिकार उपाध्यक्ष, महासचिवलगायतका सचिवालयमा पनि बाँड्ने, दोस्रो पुस्तालाई पनि एनआरएनएमा समेट्ने कार्यक्रम ल्याउने उल्लेख छ ।
यस्तो छ र्निवाचन कार्यतालीका
र्निवाचन कार्यतालीका अनुसार आज बिहान ११.३० बजे उम्मेदवारहरुको अन्तीम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । बिहान ११.३० देखी १२.३० सम्म उम्मेदवारहरुको नामावलीमा दावी बिरोधको कार्यक्रम रहेको छ भने उम्मेदवारहरुको नामावली र्फिता दिँउसो १.३० सम्म रहेको छ । उम्मेदवारहरुको अन्तीम नामावली दिँउसो २ बजे प्रकाशन पछि दिँउसो ३ देखि साँझ ८ बजे सम्म मतदान गर्ने र्निवाचन कार्यतालीकामा उल्लेख छ । बिद्युतिय मेसीनद्धारा हुने एनआरएनएको मतदान सम्पन्न भएको १ घण्टा पछि आजै राति ९ बजे मतगणना गरिने छ ।