एन आर एन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल आठौ ग्लोबल सम्मेलनमै कुटिए (हेर्नुहोस् भिडियो )

काठमाडौं । प्रतिनिधि दर्ताको विषयमा काठमाडौंको होटल हायतमा एनआरएन एनसिसी अमेरिकाका अध्यक्ष डा. केशव पौडेलमाथि हातपात भएको छ । प्रतिनिधि बन्न नपाएकाले व्यक्तिले आइतबार राति हातपात गरेको एनआरएन एनसिसीले जनाएको छ ।

एनसिसीका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिएकी रविना थापाका श्रीमान नारायण थापा र बेलायतका एनआरएन आइसिसी सदस्यसमेत रहेका योगेन्द्र क्षेत्रीले पौडेलमाथि हातपात गरेका हुन् । आक्रमणपछि पौडेलले दोषीलाई कारबाहीको माग गर्दै सुरक्षा उपलब्ध गराउन अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई निवेदन दिएका छन् । अमेरिकाबाट फर्जी प्रतिनिधि दर्ता भएको विषय विल्कुलै आधारहीन भएको अध्यक्ष डा. पौडेलले दाबी गरे । ‘हामीले विधानतः डेलिगेट्स छानेका हौँ,’ उनले भने, ‘कोही व्यक्ति परेन भन्दैमा यसरी हातपातमा उत्रनु लज्जास्पद हो ।’ चुनावी कार्यक्रम प्रभावित पार्न उनीहरूले आक्रमण गरेको पौडेलले आरोप लगाए ।

पौडेलको निवेदन हिजो नै बुझेको र आज हातपात गर्ने दुवैलाई स्पष्टीकरण लिई पौडेलसमक्ष माफी माग्न लगाइने एनआरएन एनसिसी स्रोतले जनाएको छ । माफी नमागे आक्रमण गर्ने थापा र क्षेत्रीलाई एनआरएनबाट निष्कासन गरिने एनआरएन एनसिसीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार