एउटा मृत्यु मार्ग ! जहाँ वितेको पाँचवर्षमा २५ वटा सवारी दुर्घटना भयो र २५ जनाको मृत्यु भयो ।
सिद्धार्थ राजमार्ग पश्चिम नेपालको एक दर्जन बढि जिल्ला तथा सदरमुकामहरु जोड्ने मुख्य राजमार्ग हो । तराई हुँदै पहाडी क्षेत्रका कास्कीको पोखरा–बाग्लुङ जोड्ने यो राजमार्ग सन् १९६४ मा शुरु भएर १९७१ मा निर्माण पुरा भएको थियो । भारत सरकारको लगानीमा निमार्ण भएको सिद्धार्थ राजमार्ग नेपाल–भारत सिमाको सुनौलीदेखि रुपन्देहीको भैरहवा, बुटवल, पाल्पाको तानसेन, राम्दी, स्याङ्जाको गल्याङ्, वालिङ पुतलीबजार हुदैँ पोखरा सम्म पुगेको छ ।
करिब १ सय ८१ किला ेमिटर लम्बाई रहेको यस राजमार्ग यातायातका लागि निकै महत्वपूर्ण मानिन्छ । तर पछिल्ला दिनमा यस राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड सिद्धबाबा क्षेत्रको करिब ५ किलोमिटर क्षेत्रको यात्रा निकै जोखिमपूर्ण बनेको छ । जसलाई स्थानीयले मृत्यु मार्ग नामाकरण गरेका छन् ।
यहि तथ्यांकलाई आधार मान्ने हो भने गएको ५वर्षमा सिद्धबाबा क्षेत्रमा मात्र पहिरो र दुर्घटनाका घटनाबाट २५ जनाको अकालमै मृत्यु भएको छ र तीनदर्जन भन्दाबढी सवारी दुर्घटना उक्त पाँचकिलो मिटर क्षेत्रमा भएका छन् । माथिबाट खसेको पहिरो सहितको ढुंगाले १८ वटा सवरी साधन कामै नलाग्ने गरी क्षति भएको छ ।