देश डुबाउने राष्ट्रघातीहरुका लागि घोक्रो फुकाएर जिन्दाबाद भन्नेहरु हो, देशै नरहे के को पार्टी ? आँट गरेर भनुहोस राष्ट्रघाती नेताहरु मुर्दाबाद

मन्त्रीमण्डल ६४ जनाको बन्यो सम्भवतः साउथ अफ्रिका पछि विश्वकै दोश्रो ठुलो मन्त्रिमण्डल होला यो । आफ्नु बचर्स्व कायम राख्न आफु पावरफुल हुन् जे पनि गरिदो रहेछ । राज्य कोषलाई भार न कुनै काम न कुनै उद्देश्य यतिका मन्त्रीहरु राखेर गर्ने चाहि के होला ? सारा जनताले सक्दो श्रापिरहेको बेला लुरुक मन्त्रि बन्न जानेलाई कस्तो लाज नलागेको होला ।

निर्वाचनको मुखमा जनभावना बिपरित , आचार संहितलाई गलत ब्याख्या गरेर कुतर्क गरि लातका लात हानि गरिएको यो लाजमर्दो कदमले यो प्रमाणित गरिदियो कि सत्ता र शक्तिको लागि जुनसुकै हद पार गर्दिना सक्ने रहेछन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डलको आफ्नु रेकर्ड आफै तोडेका छन् तर आदर्शबाद र सम्भावाना भएका भनिएका कांग्रेसी नेताहरु चुईन्क बोलेका छैन ” मेरो पार्टीका नेताले राम्रो गरेनन भन्ने आँट कुनै नेतामा देखिएन” ।

अन्य पार्टीका हबिगत त ति पार्टीबाट चुनाब लड्न तयार भएका उमेरदवारको ब्यागराउण्डले नै देखाई सक्यो । राजनीति सधै श्रापित र घृणित खेल भएको हाम्रो देशमा अब आउने चुनाबमा यी सबै दलका बान्चेकुचेका सबै नेताहरु उमेरद्वार हुदैछन । उमेरद्वार यिनै भएपछि जित्ने पनि यिनै भए ।

सत्ता ,पैसा ,पावरको स्वाद चाखेका यिनै नेताहरु अरु ५ बर्ष मुलुक लुट्ने लाइसेन्स रिन्यु गर्दैछन । त्यतिका बर्ष समेत योग्य उमेरद्वार नपाउने पार्टीका लागि घोक्रो फुकाएर जिन्दाबाद भन्ने पार्टीका कार्यकर्ताज्युहरु उही पात्रहरुलाई संसद छिराएर अझै कति युवाहरुलाई देश छोड्न बाध्य पार्नु हुन्छ । देशै नरहे के को पार्टी ? आँट गरेर भनुहोस ”मेरो पार्टी जिन्दाबाद तर मेरो पार्टी भित्रका सत्तामुखी भ्रष्ट्राचारी बेमानी फलानो फलानो नेता मुर्दाबाद” ।

१३२ औ भागको बिशेषताहरु

जापानबाट सहयोग माग्दै आएकी एक चेलीको समस्या १२ घण्टा भित्र रविले समाधान गरेर नेपाली चेलीको समस्या ।

सशस्त्र प्रहरीको घुस काण्ड रोकिएन घुस लिने तरिका पो बदलियो तर घुस लिने क्रम रोकिएन । जब देशका सिमारक्षकहरु नै यसरी जनतालाई दु:ख दिएर घुस लिन्छन् भन्ने यो देश कसरी सुरक्षित होला ?

प्रमाण भन्छ हत्या हो तर प्रहरी भन्छ आत्महत्या हो यो कस्तो काण्ड हो , त्यो बारेमा आज बिशेष कभर ।

मुख छोपी लाईभ आएकी चेलीको समस्या यसरी भयो समाधान, सशस्त्रले चेक पोष्टमै फेरी घुस लिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार