सांसदलाई बाटो खर्चबापत एक महिनाको तलब

कार्यक्रमको हिसाबले संसदको बैठक शुक्रबार (हिजो) नै अन्त्य भएपनि शनिबार भने बिदाइ समारोहसहित विशेष सम्बोधनका लागि बैठक राखियो ।

बिदाइ बैठकलाई संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरु र सभामुख ओनसरी घर्तीले सम्बोधन गरेका छन् ।

अन्तिम बैठक बस्नुअघि संसद भवन परिसरमा फोटोसेसन गरिएको थियो भने बैठकपछि रात्रिभोजसमेत आयोजना गरिएको छ ।

०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनपछि बनेको संविधानसभा ०७२ असोज ३ गते संविधान जारी भएपछि व्यवस्थापिका–संसदमा रुपान्तरित भएको थियो ।

सांसदको बिदाइको दिन संसद बैठक बसेपनि कुनै कार्यसूची राखिएन । कार्यकाल सकिएका सांसदहरुलाई ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो दिइएको छ ।

पूर्वनिर्धारित् कार्यक्रमअनुसार पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइएको थियो ।

संविधानसभा एकपटकमात्र गठन हुने र संविधान जारी गर्न सफल भएकाले संसद सचिवालयले विशिष्ट लोगो प्रदान गरेको संसद सचिवालयले जनाएको छ ।

विगतका परम्पराजस्तै यसपटक पनि कार्यकाल सकिएपछि प्रत्येक सांसदले बाटो खर्चबापत एक महिनाको तलब पाउनेछन् ।

संविधानको व्यवस्थाअनुसार आगामी माघ ७ गतेसम्म संसदको कार्यकाल रहेपनि त्यसअघि नै प्रतिनिधिसभाको निर्वाचन हुने भएकाले संसदको कार्यकाल शनिबारैदेखि समाप्त भएको हो ।

आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि आइतबार (भोलि) समानुपातिकतर्पmका उम्मेदवारको सूची पेस गरिँदैछ । संविधानअनुसार मनोनयनको अघिल्लो दिनसम्ममात्र संसद रहन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार