क्यालिफोर्नियामा डढेलोबाट मृत्यु हुनेको संख्या ३६ नाघ्यो, अझै सयौ बेपत्ता – ६०००० बढी घरहरु जलेर नष्ट

सान फ्रान्सिस्को । अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ३६ को मृत्यु हुनुको साथै अन्य सयौ बेपत्ता रहेका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन भने ६०००० बढी घरहरु जलेर नष्ट भएको खबर छ।

अमेरिकामा करिब २० बर्ष अगाडी अर्थात सन् २००१ को सेप्टेम्बर १ भएको भीषण डढेलोपछि अमेरिकी अग्निनियन्त्रकहरुले ठूलो सङ्ख्यामा ज्यान गुमाउनु परेको यो नै एक भयानक घटना भएको जनाइएको छ ।

 

गत आइतबार साँझबाट जंगलमा लागेको डढेलोपछि सहर बस्तीमा छिरेको थियो । आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या शुक्रबार बेलुकासम्म ३३ पुगेको र अझै अरु सयौं व्यक्ति हराइरहेका बताइएको छ ।

यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठूलो क्षति भएको बताइएको छ ।

   

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार