रानी अमेरीका गएपछि राजाहरुको बेहाल

कार्तिक २ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र रानीको मुख्य अभिनेत्री मलिना जोशी अमेरीका गए पछि अहिले अहिले निर्माण पक्षलाई चलचित्रको प्रचार प्रसारमा निकै बाधा पुगेको देखीएको छ । त्यसो त मलिना नेपालमै भएको भएपनि प्रचार प्रसारमा खास्सै प्रभाव नपर्ने चलचित्र बृतमा चर्चा चल्न थालेको छ ।

नेपाली बक्स अफिसमा सुपरफ्ल्प हिरोईको रुपमा परिचित छिन मलिना । मलिनाले अभिनय गरेका सबै फिल्मले निर्माताको खल्ती रित्तो बनाएको छ । प्रर्दशनको संघारमा रहेको रानीको हकमा समस्या के देखीएको छ भने दर्शकले अलि अलि चिनेको र मिडियामा पनि केही हद सम्म स्थापीत भएकी अभिनेत्री हुन मलिना जोशी । यस चलचित्रमा मलीनाको अपोजीटमा भएका दुई जना हिरोहरुनै नयाँ छन्, उनिहरुलाई न त दर्शकले चिन्छन् न त मिडियाले नै महत्व दिन्छन् । यस अर्थामा अहिले चलचित्र बृतमा रानी अमेरीका गएपछि राजाहरुको बेहाल भएको बताउन थालीएको छ ।

दयाराम दाहालको निर्देशनमा बनेको यस चलचित्रलाई भानु मर्हजनले निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार