काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । राप्रपाका नेताहरुलाई मन्त्री नियुक्त गर्दै उनले मन्त्रिपरिषद बिस्तार गरेका हुन् । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री भएका छन् ।
राप्रपाका नेताहरु जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापाले विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् । यसैगरी राप्रपाकै चार नेताहरुले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका हुन् । राज्य मन्त्रीहरुको पनि मन्त्रालय तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको भोलि शपथग्रहणको कार्यक्रम हुने बताइएको छ ।