एजेन्सी। दुर्घटनामा घाइते भएकी युवतीलाई भेटेका २ युवकले ती युवतीको मृत्यु भएपछि निकै जज्जाजनक काम गरेका छन् । ती २ मध्ये १ युवकलाई अहिले प्रहरीले पक्राउ गरेको छ । अर्का युवकको भने मृत्यु भइसकेको जनाइएको छ । घटना भारतको इन्दौरको हो ।
यहाँ एक शिक्षिका सडक दुर्घटनामा परेर घाइते भएकी थिइन् । घाइते युवतीलाई कारमा आइरहेका २ युवकले भेटेका थिए । ५ जुलाइ २०१७ का दिन भएको यो दुर्घटनापछि ती युवकले युवतीलाई लिएर अस्पताल गए । अस्पतालमा डाक्टरले ती युवतीलाई मृत घोषित गरिएपछि ती २ युवकले युवतीको डेबिट कार्ड, मोवाइल र ट्याब्लेट चोरेर भागेका थिए । उनीहरुले मृतक युवतीका परिवारलाई जानकारी दिन पनि आवश्यक ठानेनन् । ती युवतीको परिवारको सूचनाका आधारमा प्रहरीको साइबर ब्राञ्चले एक युवकलाई पक्राउ गरेको छ ।
अस्पतालमा युवतीको मृत्यु भएपछि ती दुई युवक उनका सामान लिएर फरार भएका थिए । शिखा सागर नामकी ती युवतीका परिवार पछि अस्पताल पुगेर उनको शव जिम्मा लिएका थिए । उनको अन्तिम संस्कारपछि बल्ल परिवारलाई उनको मोवाइल र ट्याब्लेटको बारेमा सम्झना भयो । शिखा सधैं स्कुल जाँदा यी चीजहरु लिएर जाने भएपछि घटनापति सबै हराएका थिए । त्यसपछि उनीहरुले यसबारे प्रहरीलाई सूचना दिए । प्रहरीले मोवाइल ट्रेस गरेर जीवीत एक आरोपीलाई पक्राउ गरेको छ । आर्यन सोलंकी नामका ती युवकले ती शिक्षिकाको खाताबाट १३ हजार २ सय ९० रुपैयाँसमेत निकालेको पाइएको छ ।