यो प्रश्नले एनआरएनए युरोप किन तर्सिन्छ ?

  डिल्ली राम अम्माई/बेल्जियम

डिल्ली राम अम्माई/बेल्जियम

एक जना अभियन्ताका अनुसार “गत फ्यान्क्फोर्ट क्षेत्रीय सम्मेलनमा भिजन ट्वान्टीको एक पक्षबाट खुब बिरोध भो तर भित्र उनीहरुले नेपालबाट बोलाएका उन्सत्तरी जना नेपाली के प्रयोजनका लागि बोलाइयो ? तिनीहरुको खर्च कसले बेहोर्छ ? अनि उनीहरुको सम्मेलनमा भूमिका के थियो ? त्यो बिषयमा हाल बोलेन, प्रश्न सोधेन, लिस्ट मागिएन किन किन ? तिनीहरु त्यसको उपादेयता सुद्ध गर्न सकेका छैनन् अझै । त्यो प्रश्नले उनीहरु तर्सन्छन, डराउछन र भाग्छन ।”

प्रचार–प्रसारको भित्रि चलखेललाई हेर्दा एनआरएनएलाई अब ‘हे नारन के ?’ भन्ने अवस्था आउन लागेको छ । उनीहरु अहिलेको अधिवेशनमा आ–आफ्नो अदृष्य प्यानल नै बनाएर चुनाबमा लागेका छन् । प्यानल भनेर देखाएका छैनन् तर एउटाले आन्तरिक रुपमा जातिय नारा सहित जनजाति बाहुल्य प्यानल बनाएको देखिन्छ भने अर्को बाहुन ग्रुपले संसारभरीका बहुमत बाहुन कांग्रेस र ढुलमुले बटुलेर भित्रभित्रै दोश्रो ग्रुप बनाएको छ । त्यो ग्रुपको राजनैतिक एजेन्डा एनआरएनएमा राजनैतिक गतिबिधि गर्न छुट दिने र शेष घलेको कार्यकालमा अमेरिकन क्षेत्रीय सम्मेलनमार्फत भित्रिएको ‘भिजन ट्वान्टी–ट्वान्टी एन्ड बियोन्ड’लाई फेल गराउने रहेको छ ।

उनीहरुमा अहिले एक प्रकारको खटपट शुरु भैसकेको छ । त्यो मामलामा एनआरएनए युरोपका उमेद्वारहरु झन् बेचैन हुन पुगेका छन् । उनीहरुको बेचैनी ग्रुपको भन्दा पनी आफ्नो हार जितसँग सम्बन्धित हो । कारण उनीहरुले बाहिर देख्दा एनआरएनएको युरोप च्यानल बनाएका छन् तर भित्र उनीहरुको व्यापारिक र मानब–ओसार पसारको गज्जबको च्यानल छ । त्यो सवालमा उनीहरु मिल्छन । राजनीतिको उनीहरुलाई प्रवाह छैन, बाहिर एउटा निर्णय गर्छन, त्यो लागु हुने कुरै हुदैन तर भित्र अर्को निर्णय हुन्छ । त्यो मज्जाले लागु हुन्छ । उनीहरुका बाहिरी र भित्रि दुवैतर्फ बार्षिक क्यालेन्डरहरु झुण्डिएका हुन्छन् । एउटा देखाउने अनि अर्को गर्ने ।

उनीहरुले ब्यापार समृद्धिको लागि एकाध बिकाउ पत्रकार पनि राख्छन । हाट हूट पनि गर्छन । तर भित्रि क्यालेन्डरको कुनैकुरा भन्ने पर्दैन सरासर गर्छन । केको सम्मेलन, केको मेला, केको अधिवेशन, केको कार्यक्रम नेपाली पाहुनाहरु बोलाउन र कार्यक्रमको भव्यता बढाउन उनीहरु कहिले चुके र अब चुक्लान् । ब्यापार, खास ब्यापार , थोरै लगानीमा धेरै नाफा हुने ब्यापार १ सत्धर्म र आरोप भाडमा जाउ ।

एकजना अभियन्ताका अनुसार गत फ्यान्क्फोर्ट क्षेत्रीय सम्मेलनमा भिजन ट्वान्टीको एक पक्षबाट खुब बिरोध भो तर भित्र उनीहरुले नेपालबाट बोलाएका उन्सत्तरी जना नेपाली के प्रयोजनका लागि बोलाइयो ? तिनीहरुको खर्च कसले बेहोर्छ ? अनि उनीहरुको सम्मेलनमा भूमिका के थियो ? त्यो बिषयमा हाल बोलेन, प्रश्न सोधेन, लिस्ट मागिएन किन किन ? तिनीहरु त्यसको उपादेयता सुद्ध गर्न सकेका छैनन् । त्यो प्रश्नले उनीहरु तर्सन्छन, डराउछन र भाग्छन । उनीहरुको ब्यापारको गांठि कुरो त्यहि रहस्यभित्र छुपेको छ । अहिलेको पदको मरिहत्य त्यहि अदृश्य ब्यापारको लागि हो । नेपाली समाजको भलाइ गर्छन यिनले ? चाहिएमा यिनका एकएक उपक्रमको फाइल छ हामीसँग । त्यहि खेतिको लागि अहिले एनआरएनए युरोप क्षेत्रमा लुछाचुडी चलेको हो ।

त्यो ब्यापारले नै यताका अभियन्ताको अर्को व्यापारको प्रगतिमा टेवा पु¥याई रहेकोमा यहा पदको हानथाप छ । एउटै पदमा तीन जना एउटै पदको लागि मरिहत्ते गरेका छन् । दाम्लो चुडालेका छन् । त्यहा गुमाउनु पर्ने भएको भए ति पछि सर्थे, हच्किन्थे । त्यहा इमान्दार र नया दावेदारलाई आफ्नो मानब ब्यापारको च्यानल खल्बलिने भएकोले पर्न दिदैनन् । त्यहाँ इमान्दार र नयाँ प्रवेशी अनुहारहरु पनि छन् । अहिलेसम्मको तथ्यलाई हेर्दा उनीहरु खट्ने र एनआरएनएको गरिमालाई उचो राख्नु पर्छ भन्ने मध्येका पात्र हुन् । तर इमान्दार मतदाताहरुले बिबेक नपु¥याउने हो भने बिबादास्पद छबि बनाएका कुपात्रहरुले उनीहरुलाई के जित्न देलान, गाह्रो छ । त्यसको लागि एउटा शर्त छ उनीहरुका शर्तहरु स्वीकार गर्नु र भाष्माशुर भएर नेपाल र यहाको च्यानलमा रयाई – ठ्याई मिलाउनु ! बस अनि चुनाब जित्न सजिलो हुन्छ ।

सत्य कुरा केहीलाई अमिलो लाग्ला माफी चाहन्छु ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार