प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई हटाउने कदम अघि बढाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराएर माओवादी केन्द्रका मन्त्रीहरूलाई मन्त्रिमण्डलबाट हटाउन देउवा सक्रिय बनेका हुन् । राप्रपालाई सरकारमा सहभागी गराउने तथा आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा समेत तालमेल गरेर जाने विषयमा राप्रपा अध्यक्ष कमल थापासँग सोमबार अनौपचारिक रूपमा सहमतिसमेत गरेका छन् । सहमतिसँगै राप्रपाले पार्टी बैठक बोलाएर सरकारलाई समर्थन गर्ने निर्णयसमेत गरेको छ ।,खबर राजधानी दैनिकबाट लिईएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा नयाँ शक्ति नेपाललगायत बाम दलहरूबीच नेकपा माओवादी केन्द्रले समेत चुनावी गठबन्धन बनाएपछि देउवाले माओवादीका मन्त्रीहरूलाई हटाउन खोजेका हुन् । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएपछि मन्त्रिमण्डल पुनर्गठन नगर्न सरकारलाई निर्देशन दिँदै आएको छ ।