गौचनको हत्यालगत्तै अर्का व्यवसायी जिपछिरिङलाई अज्ञात फोनबाट ज्यान मार्ने धम्की

काठमाडौं। निर्माण व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष शरद गौचनको गोली प्रहार गरी हत्या भएसँगै निर्माण व्यवसायी आपराधिक समूहको निशानामा परेका छन् ।

गौचनको हत्यापछि अर्का वरिष्ठ निर्माण व्यवसायी दीपछिरिङ लामालाई ज्यान मार्ने धम्की आएको छ । गौचनको हत्यालगत्तै सिभिल हस्पिटल पुगेका लामालाई अज्ञात व्यक्तिले फोन गरेर ‘त्यस्तै हालत बनाइदिने’ भन्दै धम्की दिएको हो ।

निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ व्यवसायी लामा काँग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन् । उनलाई अस्पतालमै धम्की आएपछि निर्माण व्यवसायीहरु आक्रोशित बनेका छन् । सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार