देउवा सरकारमा सामेल हुन तयार भयो राप्रपा

काठमाण्डौ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल भएसँगै सरकारमा जाने राप्रपा तयार भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी अध्यक्ष कमल थापाले सरकारमा सहभागी हुन प्रस्ताव आएको बताए ।

बैठकमा अधिकांश नेताहरुले लोकतान्त्रिक गठबन्धनमा जानु पर्ने सुझाव दिएका छन् । राप्रपाले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १० र प्रदेशसभामा ३० सिट मागेको छ ।

एक नेताले भने, सिट संख्या मिल्न बाँकी छ । यदि गठबन्धनमा सहभागी भयो भने सरकारमा पनि जान खुला छौं । मन्त्रालयबारे छलफल हुन भने बाँकी छ ।’

राप्रपा बैठक दिउँसो फेरि बस्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार