उज्ज्वल ठकुरी “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड ” बाट सम्मानित : अमेरिकन मरिन गोजु करातेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने लिजेण्ड पुरस्कार थियो ।
यो पुरस्कार अमेरिकन मार्शलआर्ट एशोसियसन द्वारा ९३ जना ख्याती प्राप्त खेलाडीहरुलाई प्रदान गरेको थियो । यो प्राप्त लगतै उज्ज्वल ठकुरीले “गिनिज बुक अफ वोर्ल्ड रेकर्ड” मा कसैले गर्न नसक्ने काम गरेर देशको नाम उच्च स्थानमा पुर्याएका छन् । “साच्चिनै नेपाली बहादुर र निडर हुन्छन भन्ने कुरालाई प्रमाणित गर्दै ” आज देशको नाम उच्च स्थानमा राख्न उज्ज्वल ठकुरी सफल भएका छन् । उनले गिनिज बुकमा रहेको (heavy weight lift in a vandam style lift (male ) जसले ५० के.जी. को रेकर्डलाई तोडेर ६३.५८ के.जी. उठाई नयाँ विश्व रेकर्ड कायम गरि आफ्नो नाम सदाको लागी ” गिनिज बुक अफ वोर्ल्ड रेकर्ड ” मा लेखाउन सफल भएका छन् । यो विश्व रेकर्ड कायम गर्न विशेष गरि साथ दिनुहुने HK Lee ताइक्वान्डो संचालक आदर्णिय ग्राण्ड मास्टर HK Lee, आदर्णिय अन्तरराष्ट्रिय प्रशिक्षक ६ डान मास्टर कृष्ण बहादुर बलाल, आदर्णिय ७ डान मास्टर साङ् इल् ह्वाङ, आदर्णिय प्रशिक्षक ३ डान राष्ट्रिय खेलाडी रसद मेलोर, अनि सम्माननिय हाइ रेड बेल्ट मास्टर जेस्म ए रोल्लिङ जुनियर र दुई सानो ब्लाक्क बेल्टलाई पनि हृदय देखि धन्यवादको साथसाथै अर्को सहयोगी परिवार लि वूद एशोसियसन परिवारलाई पनि धन्यवाद ज्ञापन दिएका छन् ।
उनको जन्म काठमाडौंमा ४२ बर्ष पहिला भएको थियो । उनी काठमाडौंबाट अमेरिका १५ बर्ष अगाडी आएका थिए । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न अवार्डहरु प्राप्त गरिसकेका छन् । जस मध्ये वोर्ल्ड टाईटल बेल्ट, वोर्ल्ड च्याम्पियन बेल्ट, दुईवटा राष्ट्रिय स्वर्ण पदक , दुईवटा अन्तरराष्ट्रिय कप त्यस्तैगरि दुईवटा अन्तरराष्ट्रिय सात फूटको ट्रफी लगायत विविध विधाका स्वर्ण पदक जिति सकेका छन् । करातेमा उनले आफ्नो ५ किसिमको अलग्गै विशेष आविष्कार गरेका थिए । जसमा “फाङ् काटामा”(America-kick International) अमेरिकन अन्तरराष्टिय खेलमा स्वर्ण कप हात पारे । त्यस्तै सोही खेलमा “फांग खुकुरी काटा” मा रजत पदक हात पारे भने अर्को आविष्कार “फांग ब्रेकिंग” मा विश्व वेल्ट उपाधी प्राप्त गरेका थिए । त्यस्तैगरि “vandamm style Heavy Belt lift” मा विश्व च्याम्पियन वेल्ट र सर्टिफिकेट द्वारा “कुरो बुशि वोर्ल्ड च्याम्पियन खेलमा” नर्थ क्यारोलिनामा सम्मानित भएका थिए । विश्व रेकर्ड कायम गर्न सफल खेलाडी उज्ज्वल ठकुरीले आगामी दिनमा अझै तिन किसिमको छुट्टा-छुट्टी विधामा ” गिनिज बुक अफ वर्ल्ड रेकर्ड ” कायम गर्न आफु हरदम प्रायसरत रहेको र त्यसमा सफलता मिल्नेमा पुर्ण विश्वस्त भएको पनि बताएका छन् ।
यसरी नेपाल र नेपालीलाई खेल क्षेत्रको माध्यमबाट विदेशमा रहेर पनि विश्व सामु परिचित बनाउन सफल भएकोमा उनलाई धेरै धेरै हार्दिक बधाई एवं शुभकामना छ । साथै आगामी दिनमा समेत यस्तै नयाँ नयाँ वर्ल्ड रेकर्ड मार्फत नेपाललाई विश्व जगत समक्ष परिचित गराई गौरवान्वित बनाउने कार्यमा सधै सफलता मिल्ने अपेक्षाका साथ सबै नेपालीको तर्फबाट हार्दिक शुभकामना दिन चाहन्छौ ।