काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिकाका लोकबहादुर मगरले राम्रो जागिर लागइदिने भन्दै ठगी गरेपछि प्रहरीको पक्राउमा परेको छ ।
भारतको गोरखपुर ड्रिम डेभलपर्स प्रालिमा तालिम लिएपछि राम्रो तलव र सुविधासहितको जागिर पाइने भन्दै प्रालिका डाइरेक्टर काजी गुरुङ लगायतको मिलेमतोमा २० जनाबाट १६ लाख ४० हजार ठगी गरेको महानगरीय अपराध महाशाखाले जानकारी जानकारी दिएका उज्यालो खबरमा छ ।
२० जनालाई ७ दिनको तालिम पनि दिएका थिए । तालिमपछि एक जनाले पाँच जना सदस्य बनाउन सकेमा आर्कषक तलब सुविधा पाउने भन्दै नेटवर्किङ सञ्जालबाट पैसा लिने गरेको अनुसन्धानबाट खुलेको छ ।