म्याग्दी प्रवासी नेपाली संघ (मोना)को दोस्रो महाधिवेशन उद्घाटन ( भिडियो सहित )

 

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई नेपालको सम्बृद्धीमा परिचालन गर्न चाहेको बताएका छन् । विश्वका विभिन्न देशमा रहेका नेपालीहरुको सीपलाई आफ्नो जन्मभूमिमा प्रयोग गरी यूवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने बताए । ‘अवको पुस्तालाई विदेश पलायनबाट रोक्नुपर्छ, हामीले धेरै दुख पाएपनि अवको पुस्तालाई गाउँघरमै रोजगारको सृजना गर्नुपर्छ’ उनले भने ।

 

 

 

 

 

 

 

 

 

 

 

 

https://www.facebook.com/benionline/videos/1813383738690138/

पश्चिम म्याग्दीको मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा आईतबारदेखि सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष घलेले साना बालबालिका देखी बृद्धबृद्धालाई आफ्नो गाउँबस्तीमा बस्ने गरी एआरएनएले भिजन समेत तयार गरेको बताए । ‘हाम्रो भिजनले नेपालको धेरै समस्यालाई समेटेको छ । हामीले सहकार्यको अपेक्षा गरेका छौ’ उनले भने ।

 

 

 

 

 

 

 

 

 

 

 

 

नेपालमा राजनीतिक मुद्धा सकिएको छ । अव आर्थिक क्रान्तिको अभियानमा ध्यान केन्द्रित हुनुपर्छ’ घलेले भने । उनले नयाँ संविधानको जारी भइसकेपछि अव राजनीतिक एजेण्डाको बहसमा अल्झिनुको औचित्य नभएको समेत उनले बताए । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, उपाध्यक्ष भवन भट्ट लगायतले नेपालमा राजनितिक परिवर्तन पछिको विकास र सम्बृद्धीको अभियानमा गैरआवासीय नेपालीहरुले सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उनले विभिन्न देशमा रहेका नेपाली संघ संस्थाहरुले आफ्नो जन्मथलोको विकासका लागि गरेको कार्यहरु प्रशसनीय रहेको भन्दै एनआरएनले त्यस्ता कार्यक्रमहरुलाई समन्वय र सहयोग गर्ने बताए । कार्यक्रममा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानीयाले म्याग्दीको जलविद्युत, पर्यटन र कृषि क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्न प्रवासी म्याग्देलीहरुलाई आग्रह गरेका थिए । म्याग्दी जिल्लामा पर्यटन, जलविद्युत र कृषिको क्षेत्रमा प्रचुर सम्भावना भएकाले प्रवासी नेपालीहरुको लगानीको आवश्यकता रहेको बताएका थिए । ‘जिल्लाका सबै राजनीतिक दल लगानी भित्राउन प्रतिबद्ध छन् । हामीले आवश्यक सबै सहयोग गर्न तयार छौ’ उनले भने ।

 

 

 

 

 

 

 

 

 

 

 

 

महाधिवेशनको अवसरमा मोनाले जिल्लाको सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालबिवाह र महिला हिंसाको समस्या न्युनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोष स्थापना गर्ने घोषणा गरिएको थियो । महाधिवेशन उद्घाटनका क्रममा उपस्थित अतिथी र सहभागीहरुबाट अक्षयकोषका लागि बिस लाख रुपैया भन्दा बढी सहयोगको घोषणा भएको छ । तिन दिनसम्म चल्ने महाधिवेशनमा विश्वका २२ वटा देशमा रहेका मोनाका प्रतिनिधिहरुको उपस्थिती रहेको छ।आगामी दुई वर्षका लागि मोनाको नयाँ नेतृत्व चयन गर्नुका साथै जिल्लाको आर्थिक सामाजिक र भौतिक विकासमा प्रवासीहरुको भुमिकाको विषयमा जनप्रतिनिधि र सरोकारवालासंग छलफल गरिने जनाइएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

पन्चेबाजा, पुख्यौली नृत्य प्रतियोगिता, विभिन्न जातजातीको झाँकी प्रर्दशनी, सुनीमाया भाकाको प्रस्तुती आयोजना गरिएको छ। यसैगरी जापानी विशेषज्ञहरुको टोलीले विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धि तालीम सञ्चालन गरिएको छ । २२, २३ र २४ गतेसम्म चल्ने महाधिवेशनमा म्याग्दी जिल्लाका लोपउन्मुल कला र संस्कृतिको प्रर्दशन समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार