रंगेली– चोरीको आरोपमा एक नाबालिकालाई मोसो दल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको बेलबारी नगरपालिकास्थित वडा नम्बर २ देवीथान बस्ने हेमकुमार परियारको १४ वर्षीया छोरी सम्झनालाई चोरीको आरोपमा मोसो दलेर चप्पलको माला लगाई गाउँ घुमाइएको थियो।
उनीमाथि अनिता दनुवारले आफ्नो घरमा पसेर ७ सय रुपैयाँ चोरेको आरोप लगाएकी थिइन् । उनकै अगुवाईमा उनीमाथि अमानवीय कार्य भएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुहरि कोइरालाका अनुसार, नाबालिका परियारलाई मोसो दली, चप्पलको माला लगाई, सिस्नुपानीले हिर्काएर, ‘यो चोर्नी हो’ लेखिएको ट्याग लगाई टोल परिक्रमा गराइएको थियो।