खुर्सानी खानुका फाईदा र बेफाइदा के ?

सामान्यतया चिल्लो र पिरो खानेकुरा नखान विज्ञहरुले सुझाब दिँदै आएका छन् । चिल्लो तथा पिरो पेटमा समस्या आउने र अल्सर बनाउने साबधानी दर्शाउँदै आएका छन् । रातो खुर्सानीले पेटमा ग्याँस्ट्रिकको समस्याबाट केही हदसम्म जोगाउँछ । पिरो खानेकुराले तौल घटाउनेदेखि शरिरलाई न्याने बनाउन र शरिर भित्रका रक्तनलीलाई सफा बनाउन खुर्सानी महत्वपूर्ण मानिन्छ ।

खुर्सानी खाँदाका फाइदा

चिसोबाट बचाउँछः खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरिरलाई चिसो हुनबाट जोगाउँछ । चिसो पेट फुलेको वा डम्म भएको छ भने खुर्सानी राखेका तरकारीले शरिरलाई फाइदा गर्छ ।

खाना पचाउन सहयोग गर्छः खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ । त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाइन्छ ।

तौल घटाउँछः खुर्सानीले तौल घटाउन पनि सहयोग गर्छ । सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको ऊर्जा छिटो उपययोग हुने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ ।

क्यान्सरसँग लड्ने क्षमताः सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । आम भारतीयमा प्रोटेस्ट क्यानसर नहुनुमा खुर्सानीको मात्रा बढी खानु हो ।

कन्जस्टेसनबाट बचाउँछः पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउँछ । खुर्सानीले शरिरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउँछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउँछ ।

कति खुर्सानी खाने ?

हरेक खानेकुराको फाईदा र बेफाईदा हुन्छ । तपाई खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिणाममा खानु हुँदैन । निश्चित परिणाममा भन्दा बढी खानु हुँदैन । आवश्यकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन ।

गर्मी हुने मानिसलाई फाइदा भन्दा बेफाइदा हुन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाहा्रे हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन् ।

ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेवन गर्दा साबधानी अपनाउनुपर्छ ।

पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुँदैन । त्यस्तै ज्वरो आउँदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार