भारतमा तीन बिद्ध्यार्थी संगठनद्वारा वाम एकताको स्वागत

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल निकट भारतमा रहेका सिए अध्ययनरत प्रवासी विद्यार्थी संगठनले वाम एकता र एकीकृत पार्टी निर्माणका बिषयमा भएको सहमतिको स्वागत गरेको छन्।
अनेरास्ववियु सिएका अध्यक्ष सुधन महत, अखिल क्रान्तिकारी सिएकआ अध्यक्ष मदन बस्नेत र नयाँ शक्ति विद्यार्थी युनियन भारतका संयोगक बादल बस्नेतले प्रेस बिज्ञप्ति जारी गरि सो कुरा बताएका छन् ।

बिज्ञप्तिमा भनिएको छ :

नेपालको राजनीतिक ईतिहासमा वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो। कम्युनिष्ट सिद्दान्तको व्यवहारिक प्रयोगका अनेकौं शृंखलाहरु पार गर्ने क्रममा कम्युनिष्ट पार्टीहरु साध्य एक भएता पनि फरक-फरक धारको राजनीतिक यात्रामा क्रियाशिल रहे।

मूलतः नेपाली राजनीतिक यात्रामा सैद्धान्तिक, व्यवहारीक र नीतिगत पाटोको नेतृत्व गरेका दुई ठूला पार्टी नेकपा (एमाले), नेकपा (माओबादी केन्द्र) एवं नयाँ शक्ति पार्टी नेपालले एकिकरणको लक्ष्य सहित हालै सार्वजनिक गरेको तत्कालीन चुनावी तालमेल र दीर्घकालीन सहमतिको बिषयले हामी प्रवासमा बसेर अध्ययन गरिरहेका सम्पूर्ण प्रगतिशील र अग्रगामी विधार्थीहरुलाई उत्साहि तुल्याएको छ।

नेपाली कम्युनिष्ट आन्दोलन र यसका उपलब्धीहरुको संस्थागत रक्षा, विकास र संरक्षण गर्दै आर्थिक तथा कृषि क्रान्ति गर्दै अग्रगामी, प्रगतिशील, समानुपातिक समावेशी लोकतन्त्रको अभ्यासद्वारा सुशासन र सदाचारमा आधारित राज्यव्यवस्थाको जगमा समाजवाद हुदैं साम्यवादसम्मको महान यात्रार्थ एक कम्युनिष्ट केन्द्र निर्माणको अभियानलाई हामी तिन विद्यार्थी संगठन हार्दिक स्वागत गर्दछौं।

यसले नेपाल बाहिर रहेर ज्ञान, सिप, शिक्षा तथा दक्षता हासील गरिरहेका हामी जस्ता लाखौँ नेपाली विद्यार्थीहरुमा सुनौलो आशाको संचार गरेको छ। नेपाल अब सम्पूर्णत: नविन युगमा प्रवेश गर्नेछ भन्नेमा हामी विश्वस्त छौं।

हामीहरु सम्पूर्ण रुपमा यस महान कार्यमा सरिक भएको र छरिएर रहेका अन्य क्रान्तिकारी, वामपन्थी, प्रगतिशील, देशभक्त, जनवादी विद्यार्थीहरुलाई पनि साथ-साथै सरिक हुन हार्दिक अपिल गर्दैछौ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार