दशैंयता सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ । दशैंअघि अन्तिम दिन कारोबार हुँदा सुनको मूल्य प्रतितोला ५७ हजार रुपैयाँ रहेकोमा शुक्रबार ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
दशैँका ेअवधिभर सुनको मुल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो पटक डलर बलियो हुँदै गएपछि सुनको मुल्यमा कमी आएको हो । स्थानीय बजारमा दशैँ अघि सुनको मुल्य प्रतिमुल्य ५७ हजार रुपैयाँ रहेकोमा दशैँ पछि ५५ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ ।
बिहीबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा शुक्रबार ४ सय रुपैयाँले कमी आएको हो । त्यस्तै गरि चाँदी पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । दसैँअघि अन्तिम कारोबार भएको दिन असोज १० गते प्रतितोला ७ सय ७० रुपैयाँ रहेकोमा शुक्रवार ७ सय ५० कायम भएको छ । अघिल्लो दिन पनि चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।