हाकुका लाक्पा तामाङले गाउँ छाडेको २९ महिना भयो । उनी अहिले उत्तरगया गाउँपालिकास्थित बोगीटारमा बसिरहेका छन् ।
उनी त्यहाँ कुनै काम विशेषले बसेको भने होईनन् भुकम्पले गाउँमा सुख्खा पहिरो खसेपछि बस्ने ठाउँ नै नपाएपछि ठाउँ खोज्दै जाँदा तामाङ त्यहाँ पुगेका हुन् ।
गाउँ फर्काउनका लागि सरकारले उचित कदम नचालेकोप्रति तामाङ असन्तुष्ट छन् ।
उनी-‘भन्छन् सरकारले बिस्थापितलाई अर्कै देशको नागरक टानेको छ, घर मात्र भत्किएकाले किस्ता पाएर घर बनाईसके’ ।
हामी बस्ने ठाउँ नै नभएकालाई किस्ता पाएर घर बनाईसके । हामी बस्ने ठाउँ नै नभएकालाई न बास न किस्ता ।
हाकुका छेकु लामा भन्छन् दुई बर्ष अगाडी नेका टहरामा बाँस कुहिएको छ, नयाँ टहरा बनाउँन पैसा छैन ।